शालाह चम्किँदा मर्सिसाइड डर्बीमा लिभरपुल विजयी
शनिबार, ०४ कात्तिक २०८०, २० : ३७
एनफिल्ड । मोहमद शालाहको दुई गोलको मद्दतले लिभरपुलले प्रिमियर लिगको मर्सिसाइड डर्बीमा १० खेलाडीमा सीमित एभर्टनलाई पराजित गरेको छ । शनिबार भएको खेलमा लिभरपुल २–० ले विजयी बनेको हो ।
गोलरहित सकिएको पहिलो हाफको ३७ औँ मिनेटमा एस्ली यङ रातो कार्ड पाउँदै मैदानबाट बाहिरिनु परेपछि एभर्टन १० खेलाडीमा सीमित बनेको थियो । यसका बावजुद एभर्टनले लामो समय लिभरपुललाई रोक्न सफल भएको थियो ।
यद्यपि, ७५ औँ मिनेटमा माइकल किनले ह्यान्डबल गरेपछि लिभरपुलले पेनाल्टी पायो । पेनाल्टीबाट शालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । त्यसपछि इन्जुरी समयमा उनले अर्को गोल थप्दै टोलीको जीत सुनिश्चित गरे ।
योसँगै इजिप्सियन खेलाडीको लिग गोलको सङ्ख्या २ सय १ पुगेको छ । ९ खेलबाट लिभरपुलको २० अङ्क रहेको छ । एभर्टनको भने मात्र ७ अङ्क रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण