शालाह चम्किँदा मर्सिसाइड डर्बीमा लिभरपुल विजयी
शनिबार, ०४ कात्तिक २०८०, २० : ३७

एनफिल्ड । मोहमद शालाहको दुई गोलको मद्दतले लिभरपुलले प्रिमियर लिगको मर्सिसाइड डर्बीमा १० खेलाडीमा सीमित एभर्टनलाई पराजित गरेको छ । शनिबार भएको खेलमा लिभरपुल २–० ले विजयी बनेको हो ।
गोलरहित सकिएको पहिलो हाफको ३७ औँ मिनेटमा एस्ली यङ रातो कार्ड पाउँदै मैदानबाट बाहिरिनु परेपछि एभर्टन १० खेलाडीमा सीमित बनेको थियो । यसका बावजुद एभर्टनले लामो समय लिभरपुललाई रोक्न सफल भएको थियो ।
यद्यपि, ७५ औँ मिनेटमा माइकल किनले ह्यान्डबल गरेपछि लिभरपुलले पेनाल्टी पायो । पेनाल्टीबाट शालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । त्यसपछि इन्जुरी समयमा उनले अर्को गोल थप्दै टोलीको जीत सुनिश्चित गरे ।
योसँगै इजिप्सियन खेलाडीको लिग गोलको सङ्ख्या २ सय १ पुगेको छ । ९ खेलबाट लिभरपुलको २० अङ्क रहेको छ । एभर्टनको भने मात्र ७ अङ्क रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहट ट्राफिकद्वारा ९ महिनामा १ करोड बढी राजश्व सङ्कलन
-
८० प्रतिशत निर्माण कम्पनी ठेक्काकै बिच कालोसूचीमा
-
कार दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते
-
राज्य जिम्मेवारीबाट पन्छिँदा कालोसूचीमा पर्नेहरू बढे
-
कांग्रेस सभापति देउवा किन जाँदै छन् थाइल्यान्ड ?
-
‘आचरणसम्बन्धी व्यवस्था उल्लंघन नगरे कालोसूचीमा परिँदैन’