पीएसजीको जीतमा एम्बाप्पे नायक
आइतबार, ०५ कात्तिक २०८०, ०६ : ५१
पेरिस । पेरिस सेन्ट जर्मेनले लिग वानमा स्ट्राट्सबर्गलाई ३–० को गोलको अन्तरले सजिलै हराएको छ ।
किलियान एम्बाप्पेले खेलको १० औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । यो सिजन लिगमा उनको सातौँ गोल पनि हो । उनी यो सिजन लिगमा सर्वाधिक गोलकर्ता बनेका छन् ।
त्यसपछि स्ट्राट्सबर्गका लागि लेबो मोथिबाले गोल गरे पनि त्यसलाई अफसाइड करार गर्दै रद्द गरिएको थियो । ३१ औँ मिनेटमा एम्बाप्पेले कार्लोस सोलेरका लागि गोलको अवसर सिर्जना गरे । ७७ औँ मिनेटमा फाबियान रुइजले तेस्रो गोल गर्दै टोलीको जीत सुनिश्चित गरे ।
जीतपछि ९ खेलबाट पीएसजीको १८ अङ्क रहेको छ । टोली शीर्ष स्थानमा रहेको निसभन्दा एक अङ्कले पछि परेको छ । शनिबार नै भएको अन्य खेलमा निसले मार्सेलाई १–० गोलले हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण