मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

पीएसजीको जीतमा एम्बाप्पे नायक

आइतबार, ०५ कात्तिक २०८०, ०६ : ५१
आइतबार, ०५ कात्तिक २०८०

पेरिस । पेरिस सेन्ट जर्मेनले लिग वानमा स्ट्राट्सबर्गलाई ३–० को गोलको अन्तरले सजिलै हराएको छ ।

किलियान एम्बाप्पेले खेलको १० औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । यो सिजन लिगमा उनको सातौँ गोल पनि हो । उनी यो सिजन लिगमा सर्वाधिक गोलकर्ता बनेका छन् । 

त्यसपछि स्ट्राट्सबर्गका लागि लेबो मोथिबाले गोल गरे पनि त्यसलाई अफसाइड करार गर्दै रद्द गरिएको थियो । ३१ औँ मिनेटमा एम्बाप्पेले कार्लोस सोलेरका लागि गोलको अवसर सिर्जना गरे । ७७ औँ मिनेटमा फाबियान रुइजले तेस्रो गोल गर्दै टोलीको जीत सुनिश्चित गरे । 

जीतपछि ९ खेलबाट पीएसजीको १८ अङ्क रहेको छ । टोली शीर्ष स्थानमा रहेको निसभन्दा एक अङ्कले पछि परेको छ । शनिबार नै भएको अन्य खेलमा निसले मार्सेलाई १–० गोलले हराएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप