शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

केनको गोल वर्षा जारी

आइतबार, ०५ कात्तिक २०८०, ०७ : ०१
आइतबार, ०५ कात्तिक २०८०

म्युनिख । ह्यारी केनले बुन्डेस लिगाका ८ खेलमा नवौँ गोल गर्दा साबिक विजेता बायर्न म्युनिखले माइन्जमाथि सहज जीत हासिल गरेको छ । बायर्न ३–१ गोलले विजयी बन्यो ।

शनिबार भएको खेलको ११ औँ मिनेटमा किंग्सले कोमानले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । ५ मिनेटपछि केनले टोलीको अग्रता दोब्बर बनाए । लिगमा उनीभन्दा गर्ट डोरफेल, पाको अल्कासार र अर्लिङ हालान्डले मात्र छिटो ९ गोल पुर्‍याएका छन् ।

पहिलो हाफको अन्त्यतिर एन्थोनी कासीले माइन्जका लागि गोल फर्काए पनि दोस्रो हाफमा लियोन गोरटेज्काले तेस्रो गोल गर्दै बायर्नको जीत सुनिश्चित गरे । 

८ खेलपछि बायर्नको २० अङ्क रहेको छ । टोली हाल लिगको तेस्रो स्थानमा रहेको छ । शनिबार नै वूल्फ्सबर्गलाई २–१ गोलले हराएको बायर लेभरक्युजन २२ अङ्कसहित लिगको शीर्ष स्थानमा छ । स्टुटगार्टले युनियन बर्लिनलाई ३–० ले हराउँदै लिगको दोस्रो स्थानमा उक्लिएको छ । टोलीको २१ अङ्क छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप