किनकि यो देशमा
पढ्दा पढ्दै निदाउन मन लाग्छ
नपढेको बुझिन्छ न पढाएको बुझिन्छ
किनकि यो देशमा
सरकार सिंहदरबारमा रमाएको छ
सिंहदरबार बाहिर
शिक्षकलाई पनि राजनीति लागेको छ
विद्यार्थीलाई पनि राजनीति लागेको छ
उपचार गर्न विदेशतिर लागेका छन्
यति धेरै अस्पताल के का लागि
किनकि यो देशमा
सरकार सिंहदरबारमा रमाएको छ
सिंहदरबार बाहिर
डाक्टरलाई पनि राजनीति लागेको छ
रोगीलाई पनि राजनीति लागेको छ
कलकारखाना चलेको इतिहास छ
कलकारखाना खुलेको कतै सुनिन्दैन
किनकि यो देशमा
सरकार सिंहदरबारमा रमाएको छ
सिंहदरबार बाहिर
उद्ध्योगपतिलाई पनि राजनीति लागेको छ
मजदूरलाई पनि राजनीति लागेको छ
राजनीतिबाट फ्याकिएका विदेशीएका छन्
राजनितिबाट हेलागरिएका शोषिएका छन्
किनकि यो देशमा
सरकार सिंहदरबारमा रमाएको छ
सिंहदरबार बाहिर
गरिबको रोजगारीमा पनि राजनीति लागेको छ
दुस्खीको न्यायमा पनि राजनीति लागेको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण