पाकिस्तानलाई हराएपछि अफगानिस्तानका इब्राहिम जद्रानको बयान चर्चामा
चेन्नई । सोमबार भएको विश्वकपमा अफगानिस्तानले पाकिस्तानलाई ८ विकेटले पराजित गर्दै अर्को ठूलो अप्रत्याशित नतिजा निकालेको छ ।
चेन्नईमा सोमबार भएको खेलमा पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गरेको थियो । टोलीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २८२ रन बनाएको थियो । अफगानिस्तानले दुई विकेट गुमाएर २८३ रनको लक्ष्य पुरा गरेको थियो ।
यस खेलका स्टार इब्राहिम जाद्रानले ११३ बलमा ८७ रन बनाएर ‘म्यान अफ द म्याच’ को उपाधि पाए । उनले यो उपाधि अफगानिस्तानका ती शरणार्थीहरूलाई समर्पित गरेका छन् जसलाई पाकिस्तानबाट जबरजस्ती आफ्नो देश फर्काइँदैछ।
उनले भने- ‘म यो ‘म्यान अफ द म्याच’ पाकिस्तानबाट अफगानिस्तानमा आफ्नो घर पठाइएका मानिसहरूलाई समर्पित गर्न चाहन्छु।’ करिब १७ लाख अफगान शरणार्थीलाई नोभेम्बर १ सम्म पाकिस्तान छोड्न भनिएको छ । अफगानिस्तानले पाकिस्तानको यो निर्णयको आलोचना गर्दै यसलाई अस्वीकार्य भनेको छ ।
क्रिकेट मैदानबाट इब्राहिम जद्रानले दिएको यो बयान सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जनताले यसलाई महत्वपूर्ण र बलियो राजनीतिक बयान भनेका छन् ।
यो जितसँगै अफगानिस्तान अंक तालिकाको छैटौं स्थानमा पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण