हमासले रिहा गरेका थप दुई महिला बन्धकलाई तेल अभीभ पुर्याइयो
तेल अभीभ । हमासले सोमबार थप दुई जना बन्धकलाई रिहा गरेको छ । उनीहरू दुवै इजरायली नागरिक हुन् ।
मंगलबार बिहान रिहा गरिएका दुई वृद्ध महिला बन्धक ७९ वर्षीय नुरिट कुपर र ८५ वर्षीय योचेभ लिफसिट्ज हुन्। उनलाई उपचारका लागि तेल अभीभ ल्याइएको छ ।
हमासले यी दुई महिलालाई ‘मानवीय’ र स्वास्थ्य कारणले रिहा गरेको बताएको छ । इजरायलले इजिप्टलाई बन्धकहरूको रिहाइको लागि मध्यस्थता गरेकोमा, साथै रेडक्रसलाई दुई महिलालाई स्वदेश फिर्ता गर्न खेलेको "महत्त्वपूर्ण भूमिका" को लागि धन्यवाद दियो।
इजरायली अधिकारीहरूका अनुसार नुरिट कुपरका ८५ वर्षीय श्रीमान् अमिरम र लिफ्शिट्जका ८३ वर्षीय श्रीमान् ओदेद अझै पनि हमासले बन्धक बनाएका छन्।
यसअघि हमासले अमेरिकी नागरिक रहेका अन्य दुई बन्धकलाई रिहा गरेको थियो । हालसम्म हमासले चार जना बन्धकहरूलाई रिहा गरिसकेको छ। इजरायलले हमासले २०० भन्दा बढी मानिसलाई बन्धक बनाएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण