बंगलादेशलाई १४९ रनले हराउँदै दक्षिण अफ्रिका दोस्रो स्थानमा
वानखडे । विश्वकप २०२३ को २३ औं खेलमा दक्षिण अफ्रिकाले बंगलादेशलाई १४९ रनले पराजित गरेको छ । दक्षिण अफ्रिकाको तर्फबाट क्विन्टन डी ककले १७४ रनको इनिङ खेले भने बंगलादेशका महमुदुल्लाहले पनि शतक प्रहार गरे ।
दुवै खेलाडीको विश्वकप करियरमा यो तेस्रो शतक हो । यो विश्वकपमा नै डी ककले तीनवटा शतक बनाएका हुन् । महमुदुल्लाहले यसपटक पहिलो शतक बनाएका छन् ।
बंगलादेशमाथिको जितसँगै दक्षिण अफ्रिका अंक तालिकाको दोस्रो स्थानमा पुगेको छ । उक्त टोलीले ४ खेल मात्र जितेको न्यूजिल्याण्डको टोलीलाई तेस्रो स्थानमा धकेल्यो । दुवै टोलीको ८–८ अंक भए पनि राम्रो रनरेटका कारण दक्षिण अफ्रिका अगाडि छ ।
मंगलबार मुम्बईको वानखेडे मैदानमा दक्षिण अफ्रिकाले टस जितेर ब्याटिङ रोजेको थियो । टोलीले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३८२ रन बनाएको थियो । जवाफमा बंगलादेशले ४६.४ ओभरमा २३३ रन मात्रै बनाउन सक्यो ।
ओपनर क्विन्टन डी कक बाहेक अफ्रिकी टोलीका तर्फबाट कप्तान एडेन मार्करामले ६० र हेनरिक क्लासेनले ९० इनिङ खेलेका थिए । जबकि डेभिड मिलरले १५ बलमा अविजित ३४ रन बनाए । बलिङतर्फ मार्को जान्सन, कागिसो रबाडा र जेराल्ड कुटीजले समान २–२ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य असम्भव छैन : डाँगी
-
राष्ट्रियसभा अध्यक्षलाई उपराष्ट्रपतिको जिम्मेवारी दिन सुझाव
-
‘निजी क्षेत्र नभएको भए देशले अझै २१ घण्टा लोडसेडिङ भोग्नुपर्थ्यो’
-
निर्वाचन आयोगमा ५ जना आयुक्त घटाएर ३ जना राख्न सुझाव
-
इरानका सर्वोच्च नेतासँग भेट्न तयार छन् ट्रम्प ?
-
पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सुझाव, ‘सत्तामा पुग्दैमा विपक्षीलाई सिध्याउने खेलमा लाग्नु हुँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण