डिज्नीको भारतीय व्यवसाय किन्दै मुकेश अम्बानीको कम्पनी
मुम्बई । भारतीय अर्बपति व्यापारी मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डष्ट्रिजले अमेरिकी मनोरञ्जन कम्पनी वाल्ट डिज्नीको भारतीय व्यवसाय किन्न लागेको छ । रिलायन्सले नगद र शेयर दिएर करीब १० अर्ब डलरमा डिज्नी स्टारको बहुमत शेयर किन्न लागेको जानकार स्रोतहरुलाई उद्धृत गर्दै ब्लुम्बर्गले समाचार छापेको छ ।
केही स्रोतले भने डिज्नीको सम्पत्तिलाई रिलायन्सले ७ अर्ब देखि ८ अर्बबीच मूल्यांकन गरेको छ । यो खरिद सम्झौताको घोषणा छिटोमा आगामी महीना हुन सक्ने बताइएको छ । रिलायन्सको केही मिडियो युनिटलाई डिज्नी स्टारमा गाभिन सक्ने बताइएको छ । यो सम्झौतामा डिज्नीलाई पनि भारतीय कम्पनीमा अल्पसंख्यक हिस्सा मिल्नेछ ।
सम्झौताको आकारबारे अहिलेसम्म अन्तिम निर्णय भइसकेको छैन । डिज्नीले आफ्नो सम्पत्तिको मूल्यांकन गर्न केही बढी समय लिन सक्ने बताइएको छ । भारतमा डिज्नी स्टारको सब्सक्राइबर संख्या घटिरहेको छ । कम्पनीले भारतमा व्यवसायको अन्य विकल्प पनि हेरिरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण