म्याक्सवेलको विश्व कीर्तिमानी शतक : अस्ट्रेलियाद्वारा विशाल लक्ष्य प्रस्तुत
नयाँ दिल्ली । ग्लेन म्यासवेलको विस्फोटक ब्याटिङ तथा डेभिड वार्नरको शानदार शतकको मद्दतले अस्ट्रेलियाले नेदरल्यान्ड्स सामु ४ सय रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय ९९ रन बनाएको हो ।
म्याक्सवेलले मात्र ४० बलमा आफ्नो शतक पुरा गरेका थिए । विश्वकपको इतिहासमा यो सबैभन्दा चाँडो शतक हो । यसअघि यही विश्वकपमा एइडन मारक्रमले श्रीलंकाविरुद्ध ४९ बलमा शतक बनाउँदै कीर्तिमान बनाएका थिए । म्याक्सवेलले ४४ बलमा १०६ रन बनाएर अन्तिम ओभरमा आउट भए । उनले यसक्रममा ९ चौका र ८ छक्का हिर्काए ।

अस्ट्रेलियाको सुरुवात भने राम्रो भएन । मात्र ९ रन बनाएका मिचेल मार्सलाई अस्ट्रेलियाले चौथो ओभरमा नै गुमाएको थियो । तर त्यसपछि वार्नर र पूर्व कप्तान स्टीभन स्मिथले अस्ट्रेलियाको पाली सम्हाले । वार्नरले ९३ बलमा १०४ रन बनाए । उनले ११ चौका र ३ छक्का हिर्काए । त्यस्तै स्मिथले ६८ बलमा ७१ रन बनाए । उनले ९ चौका र १ छक्का हिर्काए ।
त्यस्तै, मार्नस लाम्बुसेनले ६२ रनको योगदान दिए । नेदरल्यान्ड्सका लागि लोगन भान विकले ४ तथा बास डी लिडेले २ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण