आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

ग्रुप अफ डेथमा पीएसजी विजयी, न्युक्यासल स्तब्ध

बिहीबार, ०९ कात्तिक २०८०, १० : ४३
बिहीबार, ०९ कात्तिक २०८०

पेरिस । यो सिजन च्याम्पियन्स लिगमा ग्रुप अफ डेथ मानिएको समूह एफमा पेरिस सेन्ट जर्मेनले एसी मिलानलाई हराउँदा न्युक्यासल युनाइटेड भने आफ्नै घरेलु मैदानमा बोरुसिया डर्टमण्डसँग स्तब्ध बनेको हो ।

बुधबार राति भएको खेलमा पीएसजीले मिलानलाई हराउँदै समूहको शीर्ष स्थानमा उक्लिएको हो । पीएसजीलाई ३–० को जीत दिलाउन किलियान एम्बाप्पेले, रान्डाल कोलो मुनाई र ली काङले एक–एक गोल गरे । ३ खेलपछि पीएसजीको ६ अङ्क रहेको छ । 

एम्बाप्पेले यो सिजन पीएसजी र फ्रान्सका लागि १३ खेलमा १३ गोल गरेका छन् । मिलान भने मात्र दुई अङ्कसहित समूहको पुछारमा छ ।

_131531414_gettyimages-1745422405

उता न्युक्यासलले आफ्नो घरेलु मैदानमा यो सिजन प्रतियोगिताको पहिलो हार बेहोर्‍यो । न्युक्यासललाई जर्मन क्लब बोरुसिया डर्टमण्डले १–० गोलले हरायो । डर्टमण्डका लागि फिलेक्स मेचाले निर्णायक गोल गरे ।

दुवै टोलीको समान ४–४ अङ्क रहे पनि डर्टमण्ड गोल अन्तरको आधारमा दोस्रो स्थानमा उक्लिएको छ । न्युक्यासल तेस्रो स्थानमा सीमित बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप