ग्रुप अफ डेथमा पीएसजी विजयी, न्युक्यासल स्तब्ध
पेरिस । यो सिजन च्याम्पियन्स लिगमा ग्रुप अफ डेथ मानिएको समूह एफमा पेरिस सेन्ट जर्मेनले एसी मिलानलाई हराउँदा न्युक्यासल युनाइटेड भने आफ्नै घरेलु मैदानमा बोरुसिया डर्टमण्डसँग स्तब्ध बनेको हो ।
बुधबार राति भएको खेलमा पीएसजीले मिलानलाई हराउँदै समूहको शीर्ष स्थानमा उक्लिएको हो । पीएसजीलाई ३–० को जीत दिलाउन किलियान एम्बाप्पेले, रान्डाल कोलो मुनाई र ली काङले एक–एक गोल गरे । ३ खेलपछि पीएसजीको ६ अङ्क रहेको छ ।
एम्बाप्पेले यो सिजन पीएसजी र फ्रान्सका लागि १३ खेलमा १३ गोल गरेका छन् । मिलान भने मात्र दुई अङ्कसहित समूहको पुछारमा छ ।

उता न्युक्यासलले आफ्नो घरेलु मैदानमा यो सिजन प्रतियोगिताको पहिलो हार बेहोर्यो । न्युक्यासललाई जर्मन क्लब बोरुसिया डर्टमण्डले १–० गोलले हरायो । डर्टमण्डका लागि फिलेक्स मेचाले निर्णायक गोल गरे ।
दुवै टोलीको समान ४–४ अङ्क रहे पनि डर्टमण्ड गोल अन्तरको आधारमा दोस्रो स्थानमा उक्लिएको छ । न्युक्यासल तेस्रो स्थानमा सीमित बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण