गाजामा अल-जजीरा संवाददाताका सम्पूर्ण परिवार मारिए
बिहीबार, ०९ कात्तिक २०८०, १४ : ०६
गाजा । अल-जजिरा मिडिया नेटवर्कले इजरायली हवाई आक्रमणमा गाजा संवाददाताका श्रीमती र दुई छोराछोरी मारिएको जानकारी दिएको छ। उनीहरू उत्तरी गाजाबाट भागेर शरणार्थी शिविरमा बस्दै आएका थिए।
यस आक्रमणको बारेमा इजरायली सेनाको तर्फबाट कुनै बयान आएको छैन। अल-जजीराले प्रत्यक्ष टिभीमा संवाददाता वेल अल-दहदौलाई आफ्नी श्रीमती, छोरी र छोराको शव समातेको देखाएको थियो।
अल-जजीराका अनुसार उनीहरू गाजाको नुसिरत शरणार्थी शिविरमा बस्दै आएका थिए जहाँ इजरायली रकेट आक्रमण गरिएको थियो । इजरायलको चेतावनीपछि वेल अल-दहदौले आफ्नो परिवारसहित उत्तरी गाजा छोडेर दक्षिणी गाजा गएको अल-जजीराले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण