ट्याङ्कहरूसहित उत्तरी गाजा छिर्यो इजरायली सेना, 'लक्षित कारबाही' गरेको जानकारी
गाजा । इजरायल डिफेन्स फोर्सले गए राति उत्तरी गाजामा ट्याङ्कहरू प्रयोग गरेर 'लक्षित आक्रमण' गरेको छ।
यसको भिडियो जारी गर्दै ‘युद्धलाई अर्को चरणमा पुर्याउने’ तयारीको रूपमा यो छापा मारिएको र यस क्रममा ‘कयौँ आतङ्ककारी लुकेका ठाउँहरू र एन्टी ट्याङ्क फायरिङ लञ्च पोस्टहरू ध्वस्त पारिएको’ उल्लेख गरिएको छ। पोस्टमा भनिएको छ, ‘सैनिकहरू अब यो क्षेत्र छोडेर इजरायली क्षेत्रमा फर्किएका छन्।’

यसअघि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायलले गाजामा जमिन आक्रमणको तयारी गरिरहेको बताएका थिए । यद्यपि यो कहिले हुने हो भन्नेबारेमा उनले कुनै जानकारी दिएनन् । उनले सहमतिबाटै यसबारे टुंगो लाग्ने बताए । यसको निर्णय सरकारको विशेष युद्ध मन्त्रिपरिषद्ले गर्नेछ।
‘हामीले हजारौँ आतंककारीहरूलाई मारेका छौँ र यो सुरुवात मात्र हो," उनले भने। हालै इजरायलले ११ लाख नागरिकलाई उत्तरी गाजा छोडेर दक्षिणी गाजा जान भनेको थियो । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको आक्रमणमा हालसम्म ६५०० प्यालेस्टाइनी नागरिक मारिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण