मणिपुरमा ३१ अक्टोबरसम्म मोबाइल इन्टरनेट सेवा बन्द
शुक्रबार, १० कात्तिक २०८०, ०९ : ३९
इम्फाल । मणिपुर सरकारले राज्यमा मोबाइल इन्टरनेटमाथिको प्रतिबन्ध अक्टोबर ३१ सम्म लम्ब्याएको छ । यो कदम मुख्यमन्त्री एन वीरेन सिंहको बयानपछि आएको हो जसमा उनले सरकारले केही दिनमा प्रतिबन्ध फिर्ता लिने बताएका थिए।
जारी गरिएको सरकारी सूचनामा भनिएको छ, ‘केही असामाजिक तत्त्वहरूले सामाजिक सञ्जाललाई व्यापक रूपमा घृणित भाषणहरू र जनभावना भड्काउने छविहरू र भिडियोहरू फैलाउन व्यापक रूपमा प्रयोग गर्न सक्ने आशङ्काका कारण प्रतिबन्ध लम्ब्याइएको छ।’
मणिपुरमा मे ४ देखि लगातार हिंसा भइरहेको छ । राज्यमा बसोबास गर्ने कुकी र मेइती समुदायबिच पाँच महिनादेखि चलेको हिंसाका बिच इन्टरनेट सेवा ठप्प छ।
बिचमा केही दिन इन्टरनेट सेवा सुचारु भएको थियो तर प्रतिबन्ध फुकुवा भएपछि फेरि हिंसा चर्कियो । यसैलाई ध्यानमा राख्दै प्रदेश सरकारले फेरि इन्टरनेट सेवा बन्द गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण