सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
तस्बिरमा हेर्नुहोस् कांग्रेसको चियापान कार्यक्रम
फोटोफिचर

तस्बिरमा हेर्नुहोस् कांग्रेसको चियापान कार्यक्रम

शनिबार, ११ कात्तिक २०८०

काठमाडौँ । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । बडादसैँ, तिहार, नेपाल संवत् र छठलगायतका पर्वका अवसरमा सो पार्टीले कोजाग्रत पूर्णिमाको दिन चियापान कार्यक्रमको आयोजना गरेको हो । 

पार्टी सभापति शेरबहादुर देउवालगायत पदाधिकारी र केन्द्रीय सदस्यले आगन्तुक पाहुनालाई समारोहमा स्वागत गरेका छन् । चियापानमा सहभागी हुन राजनीतिक दलका प्रमुख, मन्त्रिगण, सांसद, नेपालस्थित कुूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्ति सहभागी भएका छन् । 

कांग्रेसका संस्थापक नेता बिपी कोइरालाले विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि उक्त पार्टीले विसं २०३४ देखि चियापान कार्यक्रमको सुरुवात गरेको थियो ।

विसं २०३८ सम्म बिपीले यसलाई निरन्तरता दिएका थिए । त्यसपछि कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला हुँदै अहिले कांग्रेस सभापति शेरबहादुर देउवाले चियापान कार्यक्रमलाई निरन्तरता दिएका हुन् । कांग्रेसले बडादसैँको अवसर पारेर हरेक वर्ष चियापान कार्यक्रम आयोजना गर्दै आएको छ ।

तस्बिरमा हेर्नुहोस् :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया