दोस्रो स्थानमा उक्लियो रोनाल्डोको अल–नासर
आइतबार, १२ कात्तिक २०८०, ०९ : २८
रियाद । क्रिस्टियानो रोनाल्डो गोलविहीन बने पनि अल–नासरले अल फेइहालाई ३–१ गोलले हराउँदै साउदी प्रो लिगको अङ्क तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । यो सिजन रोनाल्डोले तेस्रो पटकमात्र कुनै खेलमा गोल गर्न नसकेका हुन् । उनले एउटा गोलको अवसर भने सिर्जना गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५० औँ मिनेटमा टालिस्काले गोल गर्दै अल नासरलाई अग्रता दिलाएका थिए । ६१ औँ मिनेटमा उनले टोलीको अग्रता दोब्बर बनाए ।
६६ औँ मिनेटमा अल फेइहाका लागि हुसेन अल सुवाइसले एक गोल फर्काए पनि ७४ औँ मिनेटमा ओटाभियोले गोल गर्दै अल–नासरको जीत सुनिश्चित गरेका थिए ।
११ खेलपछि २५ अङ्क बटुल्दै अल–नासर लिगको दोस्रो स्थानमा रहेको छ । समान खेलबाट २९ अङ्क रहेको अल–हिलाल लिगको शीर्ष स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण