शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
राष्ट्रसंघका महासचिवले सम्बोधन गर्ने भएपछि चिटिक्क पारियो संसद भवन (फोटोफिचर)
राष्ट्रसंघका महासचिवको भ्रमण

राष्ट्रसंघका महासचिवले सम्बोधन गर्ने भएपछि चिटिक्क पारियो संसद भवन (फोटोफिचर)

आइतबार, १२ कात्तिक २०८०

काठमाडौँ ।  संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले संघीय संसदको दुवै सभालाई सम्बोधन गर्ने कार्यक्रम निश्चित भएपछि संघीय संसद भवनलाई ध्वजापताकाले सिँगारिएको छ । 

नयाँ बानेश्वरमा रहेको संसद भवनलाई ध्वजापताकाले सिँगारिएको छ भने भवन आसपासका बगैँचामा सरसफाइ गरिएको छ । 

यही कार्तिक १४ गते अपराह्न ४ बजे राष्ट्रसंघका महासचिवले नेपालको संसदलाई सम्बोधन गर्नेबारे सरकारले संघीय संसद सचिवालयलाई जानकारी गराइसकेको छ । 

सोही अनुसार संघीय संसद सचिवालयले महासचिवको स्वागतका लागि आन्तरिक तयारी गरेको हो ।

संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले महासचिवको सम्बोधनका लागि संसद सचिवालयले आन्तरिक तयारी गरिरहेको  बताएका छन् ।  

संसद भवनमा आन्तरिक सजावटका साथै बैठक चल्दै गर्दा कुनै प्राविधिक समस्या नआओस् भनेर प्राविधिक पक्षहरूको चेकिङ गर्ने काम, नेपालस्थित विभिन्न देशका कूटनीतिक नियोगका अधिकारीहरूलाई निम्तो गर्ने काम पनि भइरहेको प्रवक्ता गिरीले जानकारी दिए । 

मंगलबार महासचिव गुटरेसले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सम्बोधन गर्नेछन् । सो बैठकमा संघीय सांसदहरुका अलावा संवैधानिक अंगका प्रमुख, विदेशी राजदूत तथा कूटनीतिक अधिकारीहरू पनि सहभागी हुनेछन् ।  

संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भाग लिन अमेरिकाको न्यूयोर्क गएका बेला प्रधानमन्त्री प्रचण्डले महासचिव गुटरेसलाई नेपाल भ्रमणको निम्ता दिएका थिए । सोही निम्ता अनुसार महासचिव गुटरेस आइतबार बेलुका काठमाडौँ आइपुगेका छन् । नेपाल आए लगतै उनी उच्चस्तरीय भेटघाटमा व्यस्त रहेका छन् ।

367370609_6847242588644305_2625449820475945435_n367973328_851167999986541_2900664231840844425_n368013581_173327275840990_1192974952684819942_n368498723_3091865607610234_6762313995605865025_n368575892_1094657021915696_2241172991141602545_n368672376_319441724124452_7292192785134191901_n370159091_1365625900718704_4760473518130307960_n370202251_348978324293639_3117115349138387310_n370217140_1304943386836476_4206228597664445668_n370238168_1405609229988715_7549930972638241061_n393802021_602291321928736_2482014204813399574_n396602618_711223274256525_2321935977947708619_n (1)396602618_711223274256525_2321935977947708619_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया