बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक प्रतिनिधिसभामा पेश
आइतबार, १२ कात्तिक २०८०, १८ : ४३
काठमाडौँ । प्रतिनिधिसभा बैठकमा बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक २०८० पेश भएको छ । आइतबार बसेको बैठकमा अर्थमन्त्रीको तर्फबाट कानुन मन्त्री धनराज गुरुङले बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक २०८० पेश गरेका छन् ।
सो विधेयक प्रतिनिधि सभामा पेश गर्ने विरुद्ध विरोधको सूचना दिने प्रेम सुवालको प्रस्ताव बहुमतले अस्वीकृत भएपछि मन्त्री गुरुङले पेश गरेका हुन् ।
विधेयक पेश गर्दै उनले बैंकिङ तथा वित्तिय कारोबारमा हुने चेक अनादर जस्ता कार्यको अनुसन्धान, अभियोजन र कारबाहीलाई व्यवस्थित र प्रभावकारी बनाई सो उपर हुने सजाय र अदालती प्रक्रियालाई अझ पारदर्शी तथा सरलीकरण बनाउने सम्बन्धमा कानुनी व्यवस्था आवश्यक भएकोले सो विधेयक प्रतिनिधिसभा समक्ष प्रस्तुत गरेको बताएका छन् ।
यो विधेयक गत असोज १६ गते प्रतिनिधि सभामा दर्ता भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खेलमा फर्कियो केप भर्डे, अर्जेन्टिनासँग १–१ को बराबरीमा
-
पहिलो हाफमा मेस्सीको गोलले अर्जेन्टिना अगाडि
-
मेस्सीले हाने गोल, केप भर्डेविरुद्ध अर्जेन्टिनाको अग्रता
-
राष्ट्रिय वाणिज्य बैङ्कद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुआत
-
गण्डकीका छ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा
-
अर्जेन्टिना र केप भर्डेबिचको खेल सुरु, मेस्सीमाथि सबैको नजर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण