आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

शान्ति प्रक्रिया टुंग्याउन राष्ट्रसंघ महासचिव गुटेरेसको सद्भाव रहन्छः प्रमुख सचेतक गिरी

आइतबार, १२ कात्तिक २०८०, १७ : २०
आइतबार, १२ कात्तिक २०८०

काठमाडौँ । नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीलेले नेपालको शान्ति प्रक्रियालाई टुंग्याउन संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको सद्भाव मात्र रहने बताएका छन् । 

प्रमुख सचेतक गिरीले नेपालको शान्ति प्रक्रियालाई टुंगोमा पु-याउने जिम्मेवारी नेपालकै राजनीतिक दलहरुको भएको बताएका हुन् । उनले नेपालको शान्ति प्रक्रियामा अनमिन समेत सहभागि भएको उल्लेख गर्दै त्यसकारण यसको बारेमा महासचिवले चासो राख्नसक्ने बताए । उनले संयुक्त राष्ट्र संघको महासचिवले शान्ति प्रक्रिया राम्रोसँग टुंगियोस् भन्ने सद्भाव मात्रै राख्नसक्ने बताए ।  नेपाली विशिष्टतामा शान्ति प्रक्रिया अगाडी बढेको उल्लेख गर्दै नेपालकै मौलिकता र विशिष्टतामा उभिएर टुंगोमा पु¥याउनुपर्नेमा जोड दिए ।  यसप्रति नेपालका राजनीतिक दलहरु जिम्मेवार बन्नुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘संयुक्त राष्ट्रसंघको महासचिवले यसप्रति एउटा सद्भाव राख्न सक्नुहुन्छ । हिजो अनमिन सहभागि भएर शान्ति प्रक्रिया अगाडी बढेको हो । त्यसकारणले यसलाई टुंगोमा पु¥याउनको निम्ति नेपालले के गर्दैछ भन्ने कुरा उहाँले चासो राख्न सक्नुहुने भयो । राम्रोसँग टुंगियोस् भन्ने कुरामा उहाँले सद्भाव राख्न सक्नुहुने भयो । स्वभाविक रुपमा त्यसको आफ्नै किसिमको महत्व हुनसक्छ । तर यसलाई टुंग्याउने दायित्व र जिम्मेवारी भनेको यहीँ भएका राजनीतिक दलहरुको नै हो । दलहरु नै बढी जिम्मेवार बन्नुपर्छ । दलहरुले नै यस विषयमा सोच्नुपर्छ । शान्ति प्रक्रियाका सन्दर्भमा आजसम्म भएका उपलब्धिहरु के–के छन् ? कहाँसम्म हामी पुगेका छौँ ? यि विषयमा स्वभाविक रुपले नेताहरु महासचिवसँग भेटघाट हुँदा पक्कै पनि उठ्लान् । शान्ति प्रक्रियालाई कुन ढंगले शान्ति प्रक्रियालाई टुंग्याउने मनस्थितिमा हामी छौँ भन्ने विषयहरु पनि छलफलका विषय बन्नसक्ने भयो । मुलभुत रुपमा यो विषयलाई टुंगो लगाउने काम चाहीँ देशभित्र भएका राजनीतिक शक्तिहरुको हो । राजनीतिक दलहरुले यस विषयलाई बुझ्नुपर्छ । महासचिवले आफ्नो ठाउँबाट सद्भाव राख्नेकुरा, यसरी जाँदा राम्रो हुन्छ भनेर उहाँले औपचारिक, अनौपचारिक हिसावले आफ्नो दृष्टिकोण राखिदिने कुरा स्वभाविक नै हो । तरपनि हाम्रो आफ्नो विशिष्टतामा शान्ति प्रक्रिया अगाडी बढेको हुनाले यसलाई टुंगो लगाउने, हाम्रै आफ्नो मौलिकतामा, हाम्रो आफ्नै विशिष्टतामा उभिएर टुंगोमा पु¥याउनुपर्छ ।’

उनले पीडितले न्याय पाउने गरी शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न हुनुपर्ने बताए । त्यस्तै महासचिवको भ्रमणका बेलामा नेपालले भोगिरहेको जलवायु परिवर्तनको असरबारे ध्यानाकर्षण गराउनुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप