शान्ति प्रक्रिया टुंग्याउन राष्ट्रसंघ महासचिव गुटेरेसको सद्भाव रहन्छः प्रमुख सचेतक गिरी
काठमाडौँ । नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीलेले नेपालको शान्ति प्रक्रियालाई टुंग्याउन संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको सद्भाव मात्र रहने बताएका छन् ।
प्रमुख सचेतक गिरीले नेपालको शान्ति प्रक्रियालाई टुंगोमा पु-याउने जिम्मेवारी नेपालकै राजनीतिक दलहरुको भएको बताएका हुन् । उनले नेपालको शान्ति प्रक्रियामा अनमिन समेत सहभागि भएको उल्लेख गर्दै त्यसकारण यसको बारेमा महासचिवले चासो राख्नसक्ने बताए । उनले संयुक्त राष्ट्र संघको महासचिवले शान्ति प्रक्रिया राम्रोसँग टुंगियोस् भन्ने सद्भाव मात्रै राख्नसक्ने बताए । नेपाली विशिष्टतामा शान्ति प्रक्रिया अगाडी बढेको उल्लेख गर्दै नेपालकै मौलिकता र विशिष्टतामा उभिएर टुंगोमा पु¥याउनुपर्नेमा जोड दिए । यसप्रति नेपालका राजनीतिक दलहरु जिम्मेवार बन्नुपर्ने उनको भनाइ छ ।
उनले भने, ‘संयुक्त राष्ट्रसंघको महासचिवले यसप्रति एउटा सद्भाव राख्न सक्नुहुन्छ । हिजो अनमिन सहभागि भएर शान्ति प्रक्रिया अगाडी बढेको हो । त्यसकारणले यसलाई टुंगोमा पु¥याउनको निम्ति नेपालले के गर्दैछ भन्ने कुरा उहाँले चासो राख्न सक्नुहुने भयो । राम्रोसँग टुंगियोस् भन्ने कुरामा उहाँले सद्भाव राख्न सक्नुहुने भयो । स्वभाविक रुपमा त्यसको आफ्नै किसिमको महत्व हुनसक्छ । तर यसलाई टुंग्याउने दायित्व र जिम्मेवारी भनेको यहीँ भएका राजनीतिक दलहरुको नै हो । दलहरु नै बढी जिम्मेवार बन्नुपर्छ । दलहरुले नै यस विषयमा सोच्नुपर्छ । शान्ति प्रक्रियाका सन्दर्भमा आजसम्म भएका उपलब्धिहरु के–के छन् ? कहाँसम्म हामी पुगेका छौँ ? यि विषयमा स्वभाविक रुपले नेताहरु महासचिवसँग भेटघाट हुँदा पक्कै पनि उठ्लान् । शान्ति प्रक्रियालाई कुन ढंगले शान्ति प्रक्रियालाई टुंग्याउने मनस्थितिमा हामी छौँ भन्ने विषयहरु पनि छलफलका विषय बन्नसक्ने भयो । मुलभुत रुपमा यो विषयलाई टुंगो लगाउने काम चाहीँ देशभित्र भएका राजनीतिक शक्तिहरुको हो । राजनीतिक दलहरुले यस विषयलाई बुझ्नुपर्छ । महासचिवले आफ्नो ठाउँबाट सद्भाव राख्नेकुरा, यसरी जाँदा राम्रो हुन्छ भनेर उहाँले औपचारिक, अनौपचारिक हिसावले आफ्नो दृष्टिकोण राखिदिने कुरा स्वभाविक नै हो । तरपनि हाम्रो आफ्नो विशिष्टतामा शान्ति प्रक्रिया अगाडी बढेको हुनाले यसलाई टुंगो लगाउने, हाम्रै आफ्नो मौलिकतामा, हाम्रो आफ्नै विशिष्टतामा उभिएर टुंगोमा पु¥याउनुपर्छ ।’
उनले पीडितले न्याय पाउने गरी शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न हुनुपर्ने बताए । त्यस्तै महासचिवको भ्रमणका बेलामा नेपालले भोगिरहेको जलवायु परिवर्तनको असरबारे ध्यानाकर्षण गराउनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण