श्रीनगरमा क्रिकेट खेलिरहेका प्रहरी इन्स्पेक्टरमाथि गोली प्रहार, अवस्था गम्भीर
आइतबार, १२ कात्तिक २०८०, २१ : ०७
श्रीनगर । श्रीनगरमा क्रिकेट खेलिरहेका जम्मू कश्मीरका एक प्रहरी अधिकारीलाई चरमन्पन्थीहरूले गोली हानेका छन्। उनको अवस्था चिन्ताजनक रहेको अधिकारीहरुले बताएका छन् ।
इन्स्पेक्टर मसरूर अहमद वानी स्थानीय युवाहरूसँग ईदगाह मैदानमा क्रिकेट खेलिरहेका थिए जब चरमन्पन्थीहरूले आक्रमण गरेका थिए। घाइते इन्स्पेक्टरलाई तत्काल अस्पतालमा भर्ना गरिएको थियो, जहाँ डाक्टरहरूले उनको अवस्था गम्भीर रहेको बताएका थिए।
‘इन्स्पेक्टर मसरूर अहमद ईदगाह नजिकै आतंककारीहरूले गोली हान्दा घाइते भएका छन्,’ कश्मीर जोन पुलिसले सोशल मिडिया प्लेटफर्म एक्समा जानकारी दिएको छ। आक्रमणमा पेस्तोल प्रयोग भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सम्पूर्ण क्षेत्र नाकाबन्दी गरी अनुसन्धान सुरु गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण