आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय
फोटोफिचर

यसरी हुँदैछ अन्नपूर्ण बेसक्याम्पमा गुटरेसको स्वागत तयारी (तस्बिरहरु)

आइतबार, १२ कात्तिक २०८०, २१ : २१
आइतबार, १२ कात्तिक २०८०

पोखरा । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले रोजेको गन्तव्य अन्नपूर्ण आधार शिविरमा उनलाई स्वागतका लागि तयारी तीव्र पारिएको छ । सन् १९५० जुन ३ मा माउरिस हार्जोगले पहिलोपटक आरोहण गरेर खुला भएको अन्नपूर्णमा अहिले मानवीय क्रियाकलापका कारण देखिएको परिवर्तन हेर्न गुटरेस त्यहाँ जान लागेका हुन् ।

annapurna-guterres-visit-tayari (1)

उनी सोमबार साँझ पोखरा आएर मंगलबार विहान हेलिकोप्टरमार्फत बेसक्याम्प जानेछन् । करिव १ घण्टाका लागि अन्नपूर्ण बेसक्याम्प जान लागेका गुटरेसलाई स्वागत गर्न तयारी तीव्र पारिएको छ । गुटरेस विहान साढे ६ बजे बेसक्याम्पतर्फ उड्नेछन् ।

annapurna-guterres-visit-tayari (3)

त्यहाँ जलवायू परिवर्तनको असरबारे स्थानीयसँग कुराकानी गर्नेछन् । गुटरेसलाई स्वागत गर्न र आवश्यक तयारीका लागि अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णु केसी र वडा नम्बर ११ का अध्यक्ष हिमबहादुर गुरुङको टोली बेसक्याम्प पुगिसकेको छ ।

त्यहाँ नेपाली सेनाको श्री नारायणदल गणका क्याप्टेन बाबरप्रताप शाह नेतृत्वको टोली र नेपाल प्रहरी इन्सपेक्टर भुवन बराम नेतृत्वको टोली सुरक्षाका लागि तैनाथ छन् । स्थानीय व्यवस्थापनको पूरै जिम्मा छोम्रोङ पर्यटन व्यवस्थापन समितिलाई दिइएको छ । तयारी अन्तिम चरणमा पुगेको समितिका अध्यक्ष जगनरास गुरुङले जानकारी दिए ।

annapurna-guterres-visit-tayari (4)

उनका अनुसार बेसक्याम्पमा महासचिवको टोलीलाई सहज उडान अवतरणका लागि दुईवटा हेलिप्याड निर्माण गरिएको थियो । थप एउटा हेलिप्याड यसअघि नै प्रयोगमा छ । गाउँपालिकाले स्थानीय गुरुङ संस्कृति अनुसार महासचिव गुटरेसलाई स्वागत गर्न लागेको अध्यक्ष केसीले बताए ।

annapurna-guterres-visit-tayari (5)annapurna-guterres-visit-tayari (6)annapurna-guterres-visit-tayari (7)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप