यसरी हुँदैछ अन्नपूर्ण बेसक्याम्पमा गुटरेसको स्वागत तयारी (तस्बिरहरु)
पोखरा । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले रोजेको गन्तव्य अन्नपूर्ण आधार शिविरमा उनलाई स्वागतका लागि तयारी तीव्र पारिएको छ । सन् १९५० जुन ३ मा माउरिस हार्जोगले पहिलोपटक आरोहण गरेर खुला भएको अन्नपूर्णमा अहिले मानवीय क्रियाकलापका कारण देखिएको परिवर्तन हेर्न गुटरेस त्यहाँ जान लागेका हुन् ।
_BWs988312f.jpg)
उनी सोमबार साँझ पोखरा आएर मंगलबार विहान हेलिकोप्टरमार्फत बेसक्याम्प जानेछन् । करिव १ घण्टाका लागि अन्नपूर्ण बेसक्याम्प जान लागेका गुटरेसलाई स्वागत गर्न तयारी तीव्र पारिएको छ । गुटरेस विहान साढे ६ बजे बेसक्याम्पतर्फ उड्नेछन् ।
_l0SBlj9Pl5.jpg)
त्यहाँ जलवायू परिवर्तनको असरबारे स्थानीयसँग कुराकानी गर्नेछन् । गुटरेसलाई स्वागत गर्न र आवश्यक तयारीका लागि अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णु केसी र वडा नम्बर ११ का अध्यक्ष हिमबहादुर गुरुङको टोली बेसक्याम्प पुगिसकेको छ ।
त्यहाँ नेपाली सेनाको श्री नारायणदल गणका क्याप्टेन बाबरप्रताप शाह नेतृत्वको टोली र नेपाल प्रहरी इन्सपेक्टर भुवन बराम नेतृत्वको टोली सुरक्षाका लागि तैनाथ छन् । स्थानीय व्यवस्थापनको पूरै जिम्मा छोम्रोङ पर्यटन व्यवस्थापन समितिलाई दिइएको छ । तयारी अन्तिम चरणमा पुगेको समितिका अध्यक्ष जगनरास गुरुङले जानकारी दिए ।
_hZACmNt5rh.jpg)
उनका अनुसार बेसक्याम्पमा महासचिवको टोलीलाई सहज उडान अवतरणका लागि दुईवटा हेलिप्याड निर्माण गरिएको थियो । थप एउटा हेलिप्याड यसअघि नै प्रयोगमा छ । गाउँपालिकाले स्थानीय गुरुङ संस्कृति अनुसार महासचिव गुटरेसलाई स्वागत गर्न लागेको अध्यक्ष केसीले बताए ।
_yUf1hBPz3i.jpg)
_1KGb8AzG8W.jpg)
_8zxbUrtZ3B.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ जिल्लाका साना नदीमा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
-
सोमबार कुन सहरमा कति छ वर्षाको सम्भावना ?
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण