शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

गाजामा रहेको राष्ट्रसंघको गोदाममा हजारौँको भीड प्रवेश, रासन र आवश्यक सामान लुटपाट

आइतबार, १२ कात्तिक २०८०, २१ : ३२
आइतबार, १२ कात्तिक २०८०

गाजा । संयुक्त राष्ट्रसंघ गोदामहरूमा भीडको बलपूर्वक प्रवेश र अराजकताको वातावरणलाई राहत एजेन्सीले चिन्ताजनक वर्णन गरेको छ। दक्षिणी गाजा पट्टीको राफाहमा रहेको सो गोदाममा हजारौँ मानिस प्रवेश गरेर त्यहाँ व्यापक लुटपाट भएको यूएनआरडब्लूले बताएको हो।

गाजाबाट प्राप्त तस्बिरहरूमा राशन र अन्य अत्यावश्यक वस्तुहरू वितरण केन्द्रहरूमा मानिसहरू प्रवेश गरेको र त्यहाँ भागदौड र अराजकताको वातावरण सिर्जना भएको देखिएको छ। मानिसहरू जबरजस्ती संयुक्त राष्ट्र प्यालेस्टिनी शरणार्थी एजेन्सीको गोदाम र वितरण केन्द्रहरूमा प्रवेश गरे र उनीहरूसँग राशन र अन्य आवश्यक सामानहरू लुटेर लगे।

lutpat2

एएफपी समाचार एजेन्सीका तस्बिरहरूमा शनिबार दक्षिणी गाजा पट्टीको देइर एल(बालाहमा वितरण केन्द्रमा भीडले आक्रमण गरेको र मानिसहरूले उनीहरूसँग राशनका प्याकेटहरू बोकेर लगेको देखिन्छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप