गाजामा रहेको राष्ट्रसंघको गोदाममा हजारौँको भीड प्रवेश, रासन र आवश्यक सामान लुटपाट
आइतबार, १२ कात्तिक २०८०, २१ : ३२
गाजा । संयुक्त राष्ट्रसंघ गोदामहरूमा भीडको बलपूर्वक प्रवेश र अराजकताको वातावरणलाई राहत एजेन्सीले चिन्ताजनक वर्णन गरेको छ। दक्षिणी गाजा पट्टीको राफाहमा रहेको सो गोदाममा हजारौँ मानिस प्रवेश गरेर त्यहाँ व्यापक लुटपाट भएको यूएनआरडब्लूले बताएको हो।
गाजाबाट प्राप्त तस्बिरहरूमा राशन र अन्य अत्यावश्यक वस्तुहरू वितरण केन्द्रहरूमा मानिसहरू प्रवेश गरेको र त्यहाँ भागदौड र अराजकताको वातावरण सिर्जना भएको देखिएको छ। मानिसहरू जबरजस्ती संयुक्त राष्ट्र प्यालेस्टिनी शरणार्थी एजेन्सीको गोदाम र वितरण केन्द्रहरूमा प्रवेश गरे र उनीहरूसँग राशन र अन्य आवश्यक सामानहरू लुटेर लगे।

एएफपी समाचार एजेन्सीका तस्बिरहरूमा शनिबार दक्षिणी गाजा पट्टीको देइर एल(बालाहमा वितरण केन्द्रमा भीडले आक्रमण गरेको र मानिसहरूले उनीहरूसँग राशनका प्याकेटहरू बोकेर लगेको देखिन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण