बाँकी ५० प्रतिशत सडककाे तिहारअघि नै मर्मत सक्छौ : मन्त्री ज्वाला
सोमबार, १३ कात्तिक २०८०, १२ : १२
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बर्खाले बिगारेको सडक, खाल्डाखुल्डी ५० प्रतिशत मर्मत गरिएको बताएका छन् । मुख्य चाडपर्व दसैं-तिहार तथा छठ अघि नै सम्पूर्ण सडक सञ्जाल मर्मत गरिसक्ने तयारी अनुरुप मन्त्रालय तथा सडक विभागले काम गरिरहेको उनले बताए ।
‘दसैँ अघि नै सम्पूर्ण सडक सञ्जालको मर्मत गर्ने, खाल्डाखुल्डी पुर्ने योजना मन्त्रालयको थियो । तर, वर्षा नरोकिएका कारण दसैं अघि यो सम्भव भएन’ मन्त्री ज्वालाले साेमबार संसदीय समिति बैठकमा भने, ‘५० प्रतिशत मात्र काम गर्न सक्यौं । बाँकी ५० प्रतिशत सडक तिहार अघि मर्मत गरि सक्छौ ।’
खासगरी दसैं–तिहारका बेला सर्वसाधारण यात्रुहरुको सडक सुरक्षा तथा सहज यातायातको व्यवस्थामा यसपटक सरकारले निकै सावधानी अप्नाएको र त्यस्तो गम्भीर दुर्घटना हुन नपाएको मन्त्री ज्वालाले तर्क गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण