आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

बाँकी ५० प्रतिशत सडककाे तिहारअघि नै मर्मत सक्छौ : मन्त्री ज्वाला

सोमबार, १३ कात्तिक २०८०, १२ : १२
सोमबार, १३ कात्तिक २०८०

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बर्खाले बिगारेको सडक, खाल्डाखुल्डी ५० प्रतिशत मर्मत गरिएको बताएका छन् । मुख्य चाडपर्व दसैं-तिहार तथा छठ अघि नै सम्पूर्ण सडक सञ्जाल मर्मत गरिसक्ने तयारी अनुरुप मन्त्रालय तथा सडक विभागले काम गरिरहेको उनले बताए ।

‘दसैँ अघि नै सम्पूर्ण सडक सञ्जालको मर्मत गर्ने, खाल्डाखुल्डी पुर्ने योजना मन्त्रालयको थियो । तर, वर्षा नरोकिएका कारण दसैं अघि यो सम्भव भएन’ मन्त्री ज्वालाले साेमबार संसदीय समिति बैठकमा भने, ‘५० प्रतिशत मात्र काम गर्न सक्यौं । बाँकी ५० प्रतिशत सडक तिहार अघि मर्मत गरि सक्छौ ।’

खासगरी दसैं–तिहारका बेला सर्वसाधारण यात्रुहरुको सडक सुरक्षा तथा सहज यातायातको व्यवस्थामा यसपटक सरकारले निकै सावधानी अप्नाएको  र त्यस्तो गम्भीर दुर्घटना हुन नपाएको मन्त्री ज्वालाले तर्क गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप