जापानी वैज्ञानिकहरूले अन्तरिक्षमा मुसाको भ्रूण हुर्काए
टोकियो । जापानी वैज्ञानिकहरूले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस)मा मुसाको भ्रूण हुर्काएका छन् । जापानी वैज्ञानिकहरूको समूहले अन्तरिक्ष स्टेसन (आईएसएस)मा मुसाको भ्रूण हुर्काउन सफल भएका हुन् ।
यामानाशी विश्वविद्यालयका प्राध्यापक तेरुहिको वाकायामासमेतका अनुसन्धाताहरू र जापान अन्तरिक्ष एजेन्सी (जासा)को टोलीले सन् २०२१ को अगस्टमा आईएसएसमा मुसाको जमाइएको भ्रूण पठाएका थिए ।
वैज्ञानिकहरूको टोली भ्रूणलाई आईएसएसमा हुर्काउन सफल भएको छ । चार दिनसम्ममा भ्रूण सामान्य रूपमै ब्लाष्टोसिष्टमा परिणत भयो । यो परीक्षणले भ्रूणमा गुरुत्वाकर्षणले ठुलो असर नपारेको स्पष्ट देखाएको वैज्ञानिक जर्नल आईसाइन्सले शनिवार अनलाइनमा छापेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । ब्लाष्टोसिष्टलाई पृथ्वीको ल्याबमा ल्याएर अध्ययन गर्दा डिएनए र जिनको अवस्थामा पनि ठुलो परिवर्तन नभएको पाइयो ।
अन्तरिक्षमा स्तनधारीहरू हुर्किन सक्छन् भन्ने पुष्टि गर्न यो पहिलो अध्ययन भएको बताइएको छ । ब्लाष्टोसिष्ट सामान्य छ कि छैन, यसबाट बन्ने मुसाले बच्चा जन्माउन सक्छ कि सक्दैन भनेर हेर्न ब्लाष्टोसिष्टलाई ट्रान्सप्लान्ट गर्नै पर्छ । यसको नतिजा कस्तो हुन्छ भविष्यले नै देखाउँला । तर यी अनुसन्धानहरू भविष्यमा हुन सक्ने अन्तरिक्ष अन्वेषण र अन्तरिक्षमै मानव बस्ती बसाउने मिसनका लागि महत्त्वपूर्ण रहने बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण