ओमानले ३२ रनले हरायो मलेसियालाई, नेट रन रेटमा नेपाल अगाडि
काठमाडौँ । टी—२० विश्वकप छनोट प्रतियोगिताको पहिलो दिन सोमबार सम्पन्न तेस्रो खेलमा ओमानले मलेसियालाई ३२ रनले हराएको छ । समूह ‘ए’ अन्तर्गत कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ओमानले टस जिती पहिले ब्याटिङ गर्दै ६ विकेट गुमाएर एक सय ५३ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको मलेसियाले भने निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय २१ रनमात्र बनाउन सक्यो । ओमानको जितमा ब्याटिङतर्फ कप्तान जिसन मक्सुदले अविजित ५६ रनको योगदान गरे । उनले ४६ बलमा दुई छक्का र पाँच चौका पनि हिर्काए । ओपनर कस्यप प्रजापतीले २५ रनको योगदान गरे ।
तल्लोक्रमका ब्याट्सम्यान मोहम्मद नदिमले अविजित २१ रन बनाए । मलेसियाका बलर विरेनदिप सिंहले तीन विकेट लिए । जावफी ब्याटिङ गरेको मलेसियाका लागि विरेनदिप सिंहले अविजित ५७ रन बनाए पनि टोलीको जितका लागि त्यो अपर्याप्त भयो ।
पाँचौँ नम्बरमा क्रिज समाल्न आएका विरेनदिपले ५३ बलमा दुई छक्का र दुई चौका हिर्काएका थिए । मलेसियाका अन्य ब्याट्सम्यानले गतिलो योगदान गर्न सकेनन् । ओमानका बलर बिलाल खान र जिसन मक्सुदले दुई—दुई विकेट लिए । यसअघि कीर्तिपुर मैदानमै खेलिएको समूह ‘ए’ को पहिलो खेलमा आयोजक नेपालले सिंगापुरलाई आठ विकेटले हराएको थियो । तालिकामा दुई अंकसहित नेपाल पहिलो र समान अंक जोडेको ओमान दोस्रो स्थानमा छन् । नेट रन रेटमा ओमानभन्दा नेपाल अगाडि छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण