जलवायु परिवर्तनले हिमालमा पारेको असरबारे छलफल गर्न विज्ञहरू काठमाडौँमा
काठमाडौँ । जलवायु परिवर्तनका कारण हिमालमा परेको असरलाई न्यूनीकरण गर्न १८ भन्दा बढी देशका विज्ञहरूको सम्मेलन सुरु भएको छ ।
मंगलवारबाट काठमाडौँमा सम्मेलन सुरु भएको हो । युनियन अफ एसियन अल्पान एशोसिएशनको आयोजनामा आज एक दिने सम्मेलन सुरु भएको हो । सम्मेलनमा हिमाललाई कसरी प्रवर्द्धन गर्ने, कसरी बचाउने र हिमालेका सुरक्षा र जलवायु परिवर्तनका कारण परेको असरलाई कसरी न्यूनीकरण गर्ने भन्नेबारेमा छलफल र समाधानबारे सम्बोधन हुने नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा नुरु शेर्पाले बताए ।
उनले सम्मेलनमा चाइनाको सिटएमए, सिएमए लगायत अन्य १८ देशका प्रतिनिधिले सहभागिता जनाएको बताए । उनले सम्मेलनमा युआइएका अध्यक्षको समेत सहभागिता रहेको बताए ।
उनले भने, ‘आज हामी यु ट्रिपल ए भनेझैँ विभिन्न युनियन अफ एसियन अल्पान एशोसिएशन भनेर यो एशियाली महासंघको २० वटा जति राष्ट्रको प्रतिनिधि भएको एउटा संस्था हो । यो विशेष गरी हिमाल सम्बन्धीका बारेमा संगठन उद्देश्य हिमाललाई कसरी प्रवर्द्धन गर्ने भन्ने काम गर्छौं । यो संगठनको प्रत्येक वर्ष वार्षिक साधारण सभा हुन्छ । यो साधारण सभा नेपालमा गर्नका लागि हामीले उहाँहरुलाई आह्वान गरेका थियौँ । यो बापत यस पटक नेपालमा साधारण सभा हुन गइरहेको छ । आज १८ बढी देशका प्रतिनिधि र चाइनाको सिटएमए, सिएमए लगायत अन्य १८ देशका प्रतिनिधि समेत आउनुभएको छ । यो दिनभर चल्छ र नेपाल माउण्टेन एशोसिएशनको ५० औँ वर्ष पुगेको अवसरमा एनएमएको वार्षिकोत्सवमा सहभागी हुन पनि आउनुभएको छ । यसमा हामी हिमालेका सेफ्टी प्लानिङ, ग्लोवल वार्निङका बारेमा कुराकानी गर्नेछौँ र चर्चा र समाधान खोज्नेछौँ । हिमाल सम्बन्धित एशियाली महासंघ भन्ने हो । युआइएको प्रेसिडेण्टको ८० देखि सयसम्म देश प्रतिनिधि भएको संगठन छ, युआइएको अध्यक्ष पनि यहाँ आउनुभएको छ ।’
उनले विभिन्न देशका प्रतिनिधिहरुले सम्मेलनमा हिमालमा देखिएका समस्या र समाधानका उपायहरुबारे चर्चा गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
कोरला नाकाबाट भित्रिएका ७५० विद्युतीय गाडी नियन्त्रणमा
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण