कोशी प्रदेश सरकारबारे निर्णय गर्न जसपाको बैठक जारी
मङ्गलबार, १४ कात्तिक २०८०, १३ : ३५
सुनसरी । जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रदेश सरकारमा सहभागी हुने या नहुने विषयमा छलफल गर्न प्रदेश समितिको बैठक अहिले सुनसरीको इटहरीमा सुरु भएको छ । पार्टीले कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिएको छ । तर सरकारमा सहभागी हुने या नहुने अन्योल भएको बेला जसपा प्रदेश समितिले त्यसको बारेमा छलफल गर्न बैठक बोलाएको हो ।
एमालेको सहयोगमा बनेको सरकारमा सत्ता गठबन्धन दल सहभागी हुने या नहुने अझै अन्योल छ । मुख्यमन्त्री कार्कीले भने सत्ता गठबन्धनमा रहेका दललाई पनि सरकारमा सहभागी गराउने भन्दै आएका छन् । तर यसमा एमालेले मानेको छैन । सरकारमा सहभागी हुने कि नहुने विषयमा जसपा कोशी प्रदेशले टुङ्गो लगाउन लागेको पार्टीका केन्द्रीय प्रचार विभागका प्रमुख पूर्ण बस्नेतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण