कोशी प्रदेश सरकारबारे निर्णय गर्न जसपाको बैठक जारी
मङ्गलबार, १४ कात्तिक २०८०, १३ : ३५

सुनसरी । जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रदेश सरकारमा सहभागी हुने या नहुने विषयमा छलफल गर्न प्रदेश समितिको बैठक अहिले सुनसरीको इटहरीमा सुरु भएको छ । पार्टीले कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिएको छ । तर सरकारमा सहभागी हुने या नहुने अन्योल भएको बेला जसपा प्रदेश समितिले त्यसको बारेमा छलफल गर्न बैठक बोलाएको हो ।
एमालेको सहयोगमा बनेको सरकारमा सत्ता गठबन्धन दल सहभागी हुने या नहुने अझै अन्योल छ । मुख्यमन्त्री कार्कीले भने सत्ता गठबन्धनमा रहेका दललाई पनि सरकारमा सहभागी गराउने भन्दै आएका छन् । तर यसमा एमालेले मानेको छैन । सरकारमा सहभागी हुने कि नहुने विषयमा जसपा कोशी प्रदेशले टुङ्गो लगाउन लागेको पार्टीका केन्द्रीय प्रचार विभागका प्रमुख पूर्ण बस्नेतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ठुलो परिमाणमा ब्राउन सुगर बरामद
-
राजसंस्था पुनर्स्थापना लागि आन्दोलनमा उत्रिने घोषणा
-
विद्युत् सर्ट भएर आगलागी, लाखाैँको क्षति
-
१४ प्रतिशत दलित समुदायलाई १ प्रतिशत बजेट !
-
प्रचण्डलक्षित सूर्य थापाको टिप्पणी, ‘सरकार ढल्ने वक्तव्यबाजीले ध्वनि प्रदूषण मात्रै बढ्यो’
-
सांसदहरूसँग लञ्च मिटिङ गरेर प्रहरीले नक्सालमै बुझाएको थियो १९ बुँदे प्रस्ताव