बीउ बिजनसम्बन्धी नयाँ नियमावली छिटै पारित हुन्छ: मन्त्री भुसाल
काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री डा. वेदुराम भुसालले बीउ बिजनसम्बन्धी नयाँ नियमावली नबनेसम्म फुकाइएको बाधा अड्चनबाट काम गर्न सकिने बताएका छन् ।
१६ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीलाई मंगलवार ललितपुरमा उद्घाटन गर्दै उनले बीउ बिजनसम्बन्धी नियमावली चाँडो बन्नुपर्ने भएपनि बन्न नसकेकाले सरकारले बाधा अड्काउ फुकाएर नियमावली नबन्दासम्मको बाधा अड्काउ फुकाइएकोबाट नै काम गर्न सकिने बताएका हुन् ।
उनले नियमावली बनाउने काम सरकारको भएकाले सरकारले अहिले अर्थमन्त्रालयको सहमतिबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पु¥याइएको बताए । उनले सरकार आफ्नो उत्पादनको प्रवर्द्धन गर्ने, उत्पादनको रक्षा र संवर्द्धन गर्ने पक्षमा दृढ रहेको बताए ।
उनले भने, ‘नियमावलीको कुरा गर्नुभएको छ । बीउ बिजनसम्बन्धी नियमावली नयाँ ऐनअनुसारको नयाँ नियमावली छिटो बन्नुपर्ने थियो, ढिलो भयो, त्यसले गर्दा केही बाधा परे भन्ने कुरा गरिसकेपछि ती बाधा अड्काउ फुकाएर नियमावली नबन्दासम्मको लागि त्यो बाधा अड्काउ फुकाइदिएको छ । जबसम्म नियमावली बन्दैन, तबसम्म फुकाइएको बाधा अड्चनबाट काम गर्न पाउनु हुनेछ । त्यसकारण केही दिनको लागि भनेर चिन्ता गर्नु पर्दैन । नियमावली बनाउने काम सरकारको हो । सरकारले गर्छ, उसको जिम्मेवारीको कुरा हो । ढिलो गरिएको छैन, हाम्रो मन्त्रालयबाट तयार भइ अर्थ मन्त्रालयको पनि सहमति लिएर हामीले कानून मन्त्रालयमा लगिसकेका छौँ । अर्थ र कानून मन्त्रालयको सहमति नलिइकन नियमावली पारित गर्न सक्दैनौँ । छिटै पारित हुन्छ । भ्याट सम्बन्धी जुन समस्या छ, त्यसका बारेमा अर्थसँग पनि छलफल गर्नुपर्ने हुन्छ । हामी छलफल गरौँला । सरकार हाम्रो आफ्नो उत्पादनको प्रवर्द्धन गर्ने पक्षमा, उत्पादनको रक्षा र संवर्द्धन गर्ने पक्षमा दृढ छ ।’
मन्त्री भुसालले अहिलेको समाधान राष्ट्रिय उत्पादनको वृद्धि र आयात प्रतिस्थापन गर्नु रहेको बताए । प्रदर्शनी आजबाट कात्तिक १८ गतेसम्म हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण