सामाजिक संघ संस्थालाई बाल सुधार गृह सञ्चालन गर्न दिन्नौँः मन्त्री आचार्य
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले बाल सुधार गृहहरु सामाजिक संघ, संस्थाहरुलाई सञ्चालन गर्न नदिने बताएका छन् ।
मंगलवार प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् । बाल सुधार गृहको व्यवस्था नभएका बेला सामाजिक संघ, संस्थाहरुले बाल सुधार गृह सञ्चालनका लागि जिम्मेवारी पाएपनि अब भने आफैँले सबै बाल सुधार गृहहरु सञ्चालन गरेर अघि बढाउने कुरामा सरकार गम्भिर रहेको मन्त्री आचार्यको भनाई थियो ।
उनले लागुऔषधमा फसेका र १८ वर्ष भन्दा माथिकालाई बाल सुधार गृहमा नभई छुट्टै व्यवस्था गर्ने सोच पनि सरकारले अघि सारेको बताए । १८ वर्षभन्दा माथि उमेर समूहका पनि बाल सुधार गृहमा राख्दा त्यसले त्यहाँ विकृति भित्र्याएकाले त्यसो हुन नदिन पनि आफूले उनीहरुलाई छुट्टै राख्ने व्यवस्था गर्न लागिएको मन्त्री आचार्यले बताए ।
मन्त्री आचार्यले सुधार गृहमा रहेका बालबालिकाहरुलाई समाजमा फर्केपछि पनि आत्मनिर्भर हुनेगरी शिक्षा, स्वास्थ्य र स्वरोजगारीको अवसर सृजना हुनेगरी आवश्यक व्यवस्था मिलाउन पनि आफूले पहल गरिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण