पाकिस्तानी बलर साहिन शाह अफरिदीले बनाए कीर्तिमान
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा मंगलबार पाकिस्तानी बलर साहिन शाह अफरिदीले नयाँ कीर्तिमान बनाएका छन् । उनले मंगलबार खेलिएको बंगलादेशविरुद्धको खेलमा एक सय विकेट पुरा गरे ।
२३ वर्षीय अफरिदी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो एक सय विकेट लिने तीव्र गतिका बलर बनेका छन् । उनले ५१ खेलमा एक सय विकेट लिएका हुन् । उनले अस्ट्रेलियन बलर मिचेल स्टार्कको कीर्तिमान तोडेका हुन् ।
अफरिदीले बंगलादेशी ब्याट्सम्यान तनजिद हसनलाई आउट गराउँदै एकदिवसीय क्रिकेटमा एक सय विकेटको कीर्तिमान बनाएका हुन् । उनले बंगलादेशका ओपनर ब्याट्सम्यान तनजिदलाई एलबीडब्लूको धरापमा पारेका थिए ।
त्यसपछि उनले बंगलादेशका तेस्रो नम्बरका ब्याट्सम्यान नजमुल होसैन सान्तोको विकेट पनि लिएका थिए । नजमुल होसैनलाई उनले चार रनको ब्यक्तिग स्कोरमा उसमा मिरद्वारा क्याच गराएका थिए । एकदिवसीय क्रिकेटमा यो उनको १०१औँ विकेट थियो । पाकिस्तान र बंगलादेशबिचको खेल कोलकातास्थित इडेन गार्डेन स्टेडियममा भइरहेको छ ।
सबैभन्दा चाँडो १ सय विकेट लिने कीर्तिमान भने नेपालका सन्दीप लामिछानेको नाममा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण