सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बुधबार, १५ कात्तिक २०८०, १२ : १६
बुधबार, १५ कात्तिक २०८०

झापा । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी अर्जुनधारा नगरपालिका-६ बस्ने ३७ वर्षीय तुलसी फुयललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

उच्च अदालत विराटनगर ईलाम इजलासको २०७९ चैत ८  गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा १ महिना कैद, १ करोड रूपैयाँ जरिवाना तथा ४ लाख रूपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला भई फरार रहेका फुयललाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप