महेश बस्नेत सहभागी कार्यक्रममा पत्रकारमाथि आक्रमण भएको घटनाको महासंघद्वारा विरोध
काठमाडौँ । नेपाल पत्रकार महासंघले एमाले नेता महेश बस्नेत सहभागी कार्यक्रममा पत्रकारमाथि आक्रमण भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मंगलबार गैरआवासीय नेपाली संघ (एनआरएनए) को बालुवाटारस्थित कार्यालयमा नेपाल पत्रकार महासंघ बेल्जियम शाखाका अध्यक्ष एवं चारदिशा अनलाइनका सम्पादक ओम शर्मामाथि हातपात भएको थियो ।
एनआरएनएको कार्यालयमा नेकपा एमालेको भातृसंस्था राष्ट्रिय युवा संघ नेपालसहित आयोजित कार्यक्रमका विषयमा समाचार बनाउने उद्देश्यले पत्रकार शर्मा त्यहाँ पुगेको महासंघका महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । तर, पत्रकार शर्माले समाचार बनाउने उद्देश्यले फोटो खिच्ने क्रममा उनीमाथि राष्ट्रिय युवा संघ नेपालका कार्यकर्ताले सांघातिक आक्रमण गरेको र शर्माको सञ्चार सामग्रीसमेत नियन्त्रणमा लिएर नष्ट गरिदिएको विज्ञप्तिमा उल्लेख छ ।
एमालेका नेता महेश बस्नेत र एनआरएनएका एक पक्षका अध्यक्ष डा बद्री केसीको उपस्थितिमा भएको कार्यक्रममा पत्रकार शर्मामाथि भएको आक्रमण निन्दनीय र अशोभनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको महासंघको ठहर छ ।
‘प्रेस स्वतनन्त्रतालाई कुण्ठित गराउने र लोकतन्त्रको समेत उपहास हुने गरी पत्रकारमाथि अपनाइएको यो गुण्डागर्दी र अराजक शैलीले पत्रकारको सुरक्षा थप चुनौतीपूर्ण बनेको स्पष्ट छ’, विज्ञप्तिमा भनिएको छ, ‘महासंघ यो घटनाको सत्यतथ्य छानबिन गरी दोषी जोकोही भए पनि तत्काल कानुनी दायरामा ल्याउन र पत्रकारलाई संवैधानिक स्वतन्त्रता एवं भौतिक सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग जोडदार माग गर्दछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण