गाजामा इन्टरनेट र फोन पूरै ठप्प
गाजा । गाजा क्षेत्रभर बुधबार इन्टरनेट र फोन नेटवर्क पूरै बन्द छ । प्यालेष्टाइनी दूरसञ्चार एजेन्सीले बुधबार यस्तो बताएको हो ।
एक हप्ताभन्दा कम समयमा सञ्चार सेवा ठप्पै बनेको यो दोस्रो पटक हो । गाजामा सञ्चार र इन्टरनेट सेवा पूरै काटिएको भन्दै प्यालेष्टाइन टेलिकम्युनिकेशन कम्पनी (पाल्टेल)ले उपभोक्ताहरुसँग एक्समा एउटा पोष्टमार्फत माफी मागेको थियो ।
गएको हप्ता पनि इन्टरनेट र फोन सेवा पूरै बन्द भएको थियो । तर सप्ताहन्तमा सेवा पुनः सुचारु गरियो । गाजापट्टीमा नरसंहार गर्न इजरायलले सेवा बन्द गरेको आरोप प्यालेष्टाइनी ससस्त्र समूह हमासले आरोप लगाएको थियो ।
त्यतिबेला भारी गोलाबारीका कारण सेवा अवरुद्ध भएको प्यालेष्टायनी दूरसञ्चार सेवा प्रदायक कम्पनी जवालले बताएको थियो । हालैका दिनमा गाजामा हमास र इजरायली सेनाबीच लडाई झनै भड्किएको छ ।
दुई पक्षबीच द्वन्द्वव चर्किदा हजारौँ निर्दोष नागरिकको मृत्यु भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण