बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

मकवानपुरबाट दुई जना गैरआवसीय नागरिकले लिए नागरिकता

बुधबार, १५ कात्तिक २०८०, १८ : २०
बुधबार, १५ कात्तिक २०८०

हेटौंडा । मकवानपुरबाट दुई जना गैरआवसीय नगरिकहरुले नेपाली नागरिकता लिएका छन् । मकवानपुरमा पहिलो पटक दुई जना गैरआवासीय नागरिकले नेपाली नागरिकता लिएका हुन् ।

बुधबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेढाईले सबै प्रक्रिया पुरा गरी दुई जना गैरआवसीय नागरिकलाई नेपाली नागरिकता वितरण गरेका हुन् । प्रजिअ सेढाईले हेटौंडा–११ की संजिता विडारी र हेटौंडा–५ का श्रीकृष्ण थापालाई नागरिकता वितरण गरेका हुन् ।

विडारी र थापा श्रीमान् श्रीमती हुन् । थापा १५ वर्षदेखि र  विडारी ११ वर्षदेखि अष्ट्रेलियामा बसोबास गर्दै आइरहेका छन् । नागरिकता प्राप्त गरेपछि थापाले पुनः नेपाली नागरिकता लिन पाउँदा आफूहरुलाई खुसी लागेको बताए । पुनः नागरिकता लिन पाउँदा विदेशमा रहेपनि देशप्रतिको मायालाई अझ प्रगाढ भएको उनीहरुको भनाई छ ।

गैरआवसीय नागरिकहरुलाई नागरिकता वितरण गर्दा देशमा आर्थिक रुपमा केही फाइदा पुग्ने उनीहरुले बताए । नागरिकता प्राप्त भए पश्चात आफूहरुले देशमा लगानी गर्ने सक्ने वातावरण बनेको र सम्पत्ति किन्न र बेच्न सक्ने अवस्था बनेको उनीहरुले बताए ।

गत जेठमा संशोधन भएको नागरिकता सम्बन्धी ऐन अनुसार सरकारले नियमावली स्वीकृत गरेपछि गैरआवासीय नेपालीले नागरिकता पाउने बाटो खुलेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप