एकै दिनमा थपिए तनहुँमा एक सय बयासी डेङ्गु सङ्क्रमित
तनहुँ । तनहुँमा दैनिक डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्ने क्रम जारी छ । करिब दुई महिनाअघिदेखि फैलिएको डेङ्गु दैनिक फैलिँदै जाँदा अझै नियन्त्रणमा आउन सकेको छैन । मङ्गलबार मात्रै एक सय ८२ जना नयाँ डेङ्गु सङ्क्रमित थपिएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
जिल्लामा सोमबारसम्म छ हजार चार सय ८४ जना डेङ्गु सङ्क्रमित रहेकोमा वृद्धि भई छ हजार छ सय छैसठ्ठी जना पुगेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए ।
व्यास नगरपालिकामा ६० जना नयाँ सङ्क्रमित थपिएका छन् । यसअघि पाँच हजार चार सय १५ रहेको यस पालिकामा थपिएर पाँच हजार चार सय ७५ जना पुगेको छ । डेङ्गु सङ्क्रमितका कारण निजी क्लिनिक र अस्पतालमा दैनिक भीडभाड हुने गरेको छ भने कतिपय पोखरा र चितवनसम्म धाउन थालेका छन् ।
जिल्लाको अन्य पालिकामा शुक्लागण्डकी नगरपालिकामा चार सय ९६, ऋषिङ गाउँपालिकामा एक सय ९४, भिमाद नगरपालिकामा एक सय ८४, म्याग्दे गाउँपालिकामा एक सय १०, भानु नगरपालिकामा ८४, बन्दीपुर गाउँपालिकामा ४७, आँबुखैरेनी गाउँपालिकामा ३९, देवघाट गाउँपालिकामा २२ र घिरिङ गाउँपालिकामा नौ जना सङ्क्रमित भएका छन् ।
यसबाट बच्न बयस्क एडिज जातको लामखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय भएको घर वरिपरि पानी जम्न नदिने, सुत्दा झुलको प्रयोग गर्ने, पूरा बाउला भएका कपडा लगाउनेलगायतमा सतर्कता अपनाउनुपर्ने दमौली अस्पतालका प्रमुख डा परिवर्तन बरालले बताए ।
डेङ्गु सङ्क्रमित भइसकेको अवस्थामा चिकित्सकको परामर्शअनुरुप औषधि सेवन गर्ने, झोलिलो खानेकुरा प्रशस्त पिउने, फलफूल खाना र आराम गर्न उनले सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण