बजेट अभावमा पाडाजुङ्गी–गौरीगञ्ज सडक अलपत्र
झापा । बजेट अभावमा पाडाजुङ्गी–गौरीगञ्ज सडक निर्माण रोकिएर अलपत्र परेको छ । सडकको करिब ६० प्रतिशत काम पूरा भएपछि निर्माण कार्य रोकिएको सडक डिभिजन कार्यालय दमकले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी गौतमकुमार देवका अनुसार विसंं २०७९ चैतमा साढे तीन किलोमिटर चार लेनको सडक निर्माण गर्ने गरी खरीढुङ्गा–माङ्वा–पूर्वाञ्चल जेभीले सम्झौता गरेको थियो । गत असोज २० गते निर्माण सम्पन्न गर्ने गरी रु ११ करोड ७० लाखमा ठेक्का लिएको कम्पनीको ढिलासुस्तीका कारणसमेत बजेटमा समस्या भएको उनले बताए ।
“गत आर्थिक वर्षमै काम सकेको भए बजेटको समस्या हुने थिएन”, उनले भने, “चालु आर्थिक वर्षमा अर्थ मन्त्रालयमा यस सडक निर्माणको बजेट समावेश नहुँदा समस्या भएको हो । पहल गरिरहेका छौँ ।”
उनले पूर्वपश्चिम राजमार्गसँग सीमा जोडिएको कमल गाउँपालिका–६ मा बन्दै गरेको सडकको सबै काम पूरा भए पनि बजेट अभावमा कालोपत्र गर्न नसकिएको बताए । उनले ठेकेदार कम्पनीले रु छ करोड ५० लाख भुक्तानी पाइसकेको बताए ।
पुरानो कालोपत्रे भत्काएर नयाँ निर्माणको कामसमेत नभएपछि हाल धुलोका कारण स्थानीयवासी हैरान भएका छन् । दुर्घटनाको जोखिम बढ्नुका साथै ज्येष्ठ नागरिक, बालबालिका, बिरामीलाई थप समस्या परेको स्थानीयवासीको भनाइ छ ।
सूचना अधिकारी देवले सडक बन्द गराउन र खुलाउन भन्दै दैनिकजसो सडक डिभिजन कार्यालय दमकमा ज्ञापनपत्र लिएर स्थानीयवासी, जनप्रतिनिधि आइरहेको बताए । उनले सो सडकको निर्माण कार्य पूरा गर्नका लागि सङ्घीय सरकारको भौतिक पूर्वाधार तथा अर्थ मन्त्रालयमा फाइल समावेश गरी बजेट निकासाका लागि पहल गरिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण