३ हजार ६४८ बालबालिकासहित गाजामा मृत्यु हुनेको सङ्ख्या ८ हजार ७९६ पुग्यो
बुधबार, १५ कात्तिक २०८०, २० : ३८
गाजा । चरमपन्थी समूह हमास शासित स्वास्थ्य मन्त्रालयले बुधबार गाजामा अक्टोबर ७ यता मृत्यु हुनेको सङ्ख्या ८ हजार ७९६ पुगेको जनाएको छ । पछिल्लो २४ घण्टामा २७१ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार गाजा पट्टीमा मारिनेमा ३ हजार ६४८ बालबालिका रहेका छन् । हमासको अल कसम ब्रिगेडले अक्टोबर ७ मा इजरायलमा अभूतपूर्व आक्रमण गरेको थियो, जसमा करिब १४०० मानिस मारिएका थिए। यसपछि इजरायलले गाजा पट्टीमा लगातार हवाई हमला गरिरहेको छ ।
मङ्गलबार इजरायली बमबारीमा उत्तरी गाजाको सबैभन्दा ठुलो शरणार्थी शिविर जबलियामा मारिनेको सङ्ख्या १२० पुगेको ५ । यसमा जसमध्ये अधिकांश महिला र बालबालिका छन्। युद्धअघि यस शरणार्थी शिविरमा करिब १ लाख २५ हजार मानिस बस्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण