हमासको नियन्त्रणमा रहेका विपिन जोशीको उद्धारका गर्न विश्वप्रकाशको माग
काठमाडौँ । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले प्यालेष्टाइनको हमासको नियन्त्रणमा रहेका विपिन जोशीको उद्धारको पहलका लागि सरकारलाई आग्रह गरेका छन् । बिहीबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद शर्माले नेपाली विद्यार्थी विपिन जोशी हमासको नियन्त्रणमा रहेको पुष्टि भएको बताउँदै उद्धारका लागि आग्रह गरेका हुन् ।
उनले भने– ‘कतार सरकारमार्फत कुरा गरेर उनलाई उद्धार गर्न सकिने कुरा औँल्याइएका छन् । यो प्रक्रियामा गम्भीर पहलकदमी गर्न सभामुखमार्फत म सम्माननीय प्रधानमन्त्री र माननीय परराष्ट्रमन्त्रीको गम्भीर ध्यानाकर्षण गराउँदछु ।’
यस्तै कोभिडका कारण बन्द भएका वीरगन्ज, नेपालगन्ज लगायतका नाका खुला भइसकेको बताउँदै उनले झापाको काँकडभिट्टा नाका नखुलेका कारण पर्यटक आवागमनमा बाधा रहेको बताए । होटेल, व्यवसाय, पर्यटन क्षेत्रमा असर परेको बताउँदै उनले भारत सरकारसँग कुरा गरेर नाका खुलाउन उनले आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण