संसदमा एमालेको प्रश्न : संसदको अधिवेशन सात महिना चल्यो तर नतिजा के आयो ?
काठमाडौँ । नेकपा एमालेले सात महिनाको अवधिमा संसदले एउटा कानुन बनाउन बाहेक केही नगरेको भन्दै यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ ।
बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले उपाध्यक्ष समेत रहेका सांसद विष्णु पौडेलले सात महिनाको अवधिमा नतिजा दिन नसकेको भन्दै यसको जिम्मा कसले लिने भन्दै प्रश्न गरे ।
‘यो अधिवेशनको सात महिना सदन चल्यो तर नतिजा के भयो ? नतिजा एउटा अनुचित लेनदेनसम्बन्धी ऐन संशोधन गर्नेबाहेक अरु कुनै कानुन निर्माणको काम अगाडी बढ्न सकेन’, पौडेलले भने, ‘जे अपेक्षित कानुनहरू थिए सदनमा आउनुपर्ने ती कानुनहरू पनि आउन सकेनन् । जे आएका छन् तिनीहरूमा पनि अनेक प्रकारका समस्या हुँदा अघि बढ्न नसक्ने अवस्था भयो ।’
पौडेलले सरकारले संविधानले निर्देश गरेका कानुनहरू निर्माण र संशोधन गरेर जनतालाई संविधानको प्रभावकारी कार्यान्वयन नगरेको भन्ने यही व्यवहारबाट प्रस्ट हुने बताए । ‘सरकारले सांसदहरूको भूमिकामाथि नै उपेक्षा गर्यो यो मेरो आरोप छ’, पौडेलले भने, ‘ सांसदहरूले निरन्तर भ्रष्टाचार नियन्त्रण, सुशासन, शान्ति सुरक्षालगायत जनसरोकार रूपमा आवाज उठाए तर ती कुनै पनि आवाजलाई सुन्ने र सच्चाई गर्ने कदम चालेन ।’
नेता पौडेलले नेपाल तस्करीको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा नेपाल चिनिएको भन्दै यसका पछाडि सरकारका कामकारबाही नै जिम्मेवार रहेको बताए । दैनिक क्विन्टलका क्विन्टल सुन तस्करी हुँदा पनि सरकार अपराधीलाई दण्डित गर्न तयार नभएको पौडेलको भनाइ छ । उनले तस्करी भएको सुनलाई समेत सरकारले राज्य कोषमा दाखिला गर्न नसकेको भन्दै यसले अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि बिग्रिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण