शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा ५० अर्ब डलर लगानी गर्दै यूएई

बिहीबार, १६ कात्तिक २०८०, १७ : ५३
बिहीबार, १६ कात्तिक २०८०

नयाँ दिल्ली । संयुक्त अरब इमिरेट्स (यूएई)ले भारतमा ५० अर्ब डलरसम्म लगानी गर्ने विचार गरिरहेको छ । भारत यूएईको दोस्रो ठूलो व्यापार साझेदार हो । 

अहिले विश्वमै सबैभन्दा तीव्र गतिमा बढिरहेको अर्थतन्त्र हो भारत । यस्तोमा सबै देश र कम्पनीहरुले भारतको वृद्धिबाट फाइदा लिन त्यहाँ धमाधम लगानी खन्याइरहेका छन् ।

लगानीसम्बन्धी प्रारम्भिक प्रतिज्ञा चाँहि आगामी वर्षको सुरुमा घोषणा हुन सक्ने बताइएको छ । आगामी वर्षको जुलाईमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायदबीच हुने भेटघाटपछि नयाँ लगानीको घोषणा हुने अपेक्षा गरिएको छ । गएको दशकयता भारत र यूएईले आपसी सम्बन्ध कसिलो पार्न खोजिरहेका छन् । तेल बाहेकको द्विपक्षीय व्यापारलाई बढाएर १ खर्ब डलरमा पुर्याउने लक्ष्य दुबैको छ ।

सन् २०१४ मा पहिलो पटक प्रधानमन्त्री बनेयता मोदी बारम्बार यूएई गएका छन् । हालैको उनको भ्रमण उनी प्रधानमन्त्री बनेयताको पाँचौं भ्रमण थियो । मोदीभन्दा अगाडि यूएई जाने भारतीय प्रधानमन्त्री इन्दिरा गान्धी थिइन् । उनी सन् १९८१ मा यूएई गएकी थिइन् । 

आगामी वर्ष मोदी तेस्रो कार्यकालका लागि चुनावमा उत्रिँदैछन् । यस्तोमा उनी सकेसम्म धेरै लगानी भित्र्याउने दाउमा छन् । लगानी सम्झौता र घोषणाबारे अन्तिम निर्णय भने भइनसकेको स्रोतहरुलाई उद्धृत गर्दै ब्लुमबर्गले समाचार छापेको छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप