भारतमा ५० अर्ब डलर लगानी गर्दै यूएई
नयाँ दिल्ली । संयुक्त अरब इमिरेट्स (यूएई)ले भारतमा ५० अर्ब डलरसम्म लगानी गर्ने विचार गरिरहेको छ । भारत यूएईको दोस्रो ठूलो व्यापार साझेदार हो ।
अहिले विश्वमै सबैभन्दा तीव्र गतिमा बढिरहेको अर्थतन्त्र हो भारत । यस्तोमा सबै देश र कम्पनीहरुले भारतको वृद्धिबाट फाइदा लिन त्यहाँ धमाधम लगानी खन्याइरहेका छन् ।
लगानीसम्बन्धी प्रारम्भिक प्रतिज्ञा चाँहि आगामी वर्षको सुरुमा घोषणा हुन सक्ने बताइएको छ । आगामी वर्षको जुलाईमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायदबीच हुने भेटघाटपछि नयाँ लगानीको घोषणा हुने अपेक्षा गरिएको छ । गएको दशकयता भारत र यूएईले आपसी सम्बन्ध कसिलो पार्न खोजिरहेका छन् । तेल बाहेकको द्विपक्षीय व्यापारलाई बढाएर १ खर्ब डलरमा पुर्याउने लक्ष्य दुबैको छ ।
सन् २०१४ मा पहिलो पटक प्रधानमन्त्री बनेयता मोदी बारम्बार यूएई गएका छन् । हालैको उनको भ्रमण उनी प्रधानमन्त्री बनेयताको पाँचौं भ्रमण थियो । मोदीभन्दा अगाडि यूएई जाने भारतीय प्रधानमन्त्री इन्दिरा गान्धी थिइन् । उनी सन् १९८१ मा यूएई गएकी थिइन् ।
आगामी वर्ष मोदी तेस्रो कार्यकालका लागि चुनावमा उत्रिँदैछन् । यस्तोमा उनी सकेसम्म धेरै लगानी भित्र्याउने दाउमा छन् । लगानी सम्झौता र घोषणाबारे अन्तिम निर्णय भने भइनसकेको स्रोतहरुलाई उद्धृत गर्दै ब्लुमबर्गले समाचार छापेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण