मन्त्री ज्वालाले भने–रिगलको कैद मिनाहा बदर गर्ने सर्वोच्चको फैसलालाई सरकारले सम्मान गर्छ
बिहीबार, १६ कात्तिक २०८०, १८ : ३१
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले योगराज ढकाल रिगललाई सरकारले दिएको कैद मिनाहा बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई सरकारले सम्मान गर्ने बताएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री ज्वालाले रिगलको कैद मिनाहालाई बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई सरकारले सम्मान गर्ने बताएका हुन् । उनले सरकारले कुनैपनि निर्णय गर्दा संविधान, नियम र कानूनलाई ध्यानमा राखेर गर्नुपर्ने सुझावको रुपमा यो फैसलालाई लिएको बताए ।
मन्त्री ज्वालाले सरकारले निर्णय गर्दाखेरी नै विचार गर्नुपर्ने अवस्था रहेको भन्दै अब अदालतको निर्णयलाई सम्मान गरेर अगाडि बढ्ने बताए ।
मन्त्री ज्वालाले अदालतको कुनैपनि आदेशलाई सरकारले कार्यान्वयन गर्ने स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
-
विराटनगरको फोहर व्यवस्थापन ठेक्कामा किचलो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण