भक्तपुरमा एकल फोटो प्रदर्शनी
भक्तपुर । नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले भक्तपुरको कमलविनायकस्थित नेपाल भोकेसनल एकेडेमीमा आयोजना गरिएको फोटोग्राफर सुरेशराज शाक्यको एकल ‘झिगु ख्वप’ फोटो प्रदर्शनीको आज उद्घाटन गरेका छन् ।
विगत ३० वर्षदेखि फोटोग्राफीमा सक्रिय कृपाग्राफी भक्तपुरका संस्थापक अध्यक्ष एवं सल्लाहकार फोटोग्राफर शाक्यको एकल प्रदर्शनीको उद्घाटन गर्दै राजदूत भोल्कले प्रर्दशनीबाट भक्तपुरको जीवन्त इतिहास उजागर भएको बताए । उनले भने, “भक्तपुर फोटोग्राफीका लागि अनुपम स्थल हो, यहाँका पाइला पाइलामा चित्ताकर्षक वस्तु पाइन्छन्, यस्तो प्रदर्शनीलाई ३० वर्ष प्रतीक्षा गर्न नपरोस्, चाँडोभन्दा चाँडो यहाँका सम्पदा विश्वमा चिनाउन सकियोस् ।”
प्रर्दशनीका संयोजक, सम्पदा संरक्षणकर्मी एवं एकेडेमीका प्रमुुख रवीन्द्र पुरीले पहिलो पटक एकेडेमीमा एकल फोटो प्रर्दशनी गर्न पाएकामा खुशी व्यक्त गर्दै प्रदर्शनीबाट भक्तपुरको पहिचानलाई उजागर भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण