रोकिएन एप्पलको बिक्री घट्ने क्रम
वासिङ्टन डीसी । आइफोन निर्माता कम्पनी एप्पलको बिक्री घट्ने क्रम जारी छ । अहिले आइफोनको माग बढिरहेको छ । एप्पल प्लस टिभी लगायत स्ट्रिमिङ सेवाहरुको माग पनि बढिरहेको छ । तर पनि समग्रमा भने कम्पनीको बिक्री घटेको हो ।
कम्पनीले बताएअनुसार सेप्टेम्बर ३० मा सकिएको त्रैमासमा कम्पनीले ८९ अर्ब ५० करोड बराबरको बिक्री गरेको छ । आम्दानीको यो आकार गत वर्षको सोही अवधिको तुलनामा १ प्रतिशत कम भएको बताइएको छ । गत वर्षको सोही अवधिको तुलनामा कम्पनीको बिक्री घटेको यो लगातार चौथो त्रैमास हो ।
कोरोना भाइरसको महामारी नियन्त्रण गर्न लगाइएको लकडाउन हटेपछि म्याक कम्प्युटर र आइप्याडको बिक्री बढाउन कम्पनीलाई सकस भइरहेको छ । समीक्षा अवधिमा कम्पनीले २३ अर्ब डलर मुनाफा कमाएको छ । आइफोनको कीर्तिमानी बिक्रीका कारण मुनाफाले टेवा पाएको बताइएको छ । तर आपूर्ति शृङ्खलामा सम्भावित जोखिमले नयाँ आइफोन १५ प्रो र प्रो म्याक्सको डेलिभरीमा अवरोध हुन सक्ने चिन्ता कम्पनीले व्यक्त गरेको छ ।
कम्पनी अहिले सकेसम्म धेरै आइफोन बनाउने कोसिसमा छ । यो त्रैमासको अन्त्यसम्ममा आपूर्ति–मागबीचको सन्तुलनमा पुग्न सकिने एप्पलका प्रमुख कार्यकारी अधिकारी टिम कूकले बताएका छन् । हालैका महिनामा आइफोनको बिक्री बढेको भएपनि कम्पनीका अन्य उपकरणको विक्री भने घटिरहेको छ ।
म्याक कम्युटरको बिक्री एक वर्ष अघिको तुलनामा ४ अर्ब डलरले घटेर ७ अर्ब ६० करोड डलरमा झरेको छ । चीनमा कम्पनीको विक्री साढे २ प्रतिशतले घटेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण