विश्वकपको ४८ वर्ष लामो इतिहासमा बुमराहको नाममा लेखिएको यो कीर्तिमान
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपको बिहीबार राति सम्पन्न खेलमा भारतले श्रीलंकालाई तीन सय दुई रनले हराउँदा दुई भारतीय खेलाडी विराट कोहली र मोहम्मद सामीले थुप्रै कीर्तिमान पनि आफ्नो नाममा लेखाएका थिए ।
सोही खेलमा भारतीय बलर जसप्रित बुमराहको नाममा पनि एउटा कीर्तिमान लेखिएको थियो । तर, बुमराहले बनाएको त्यो कीर्तिमानको भने खासै चर्चा भएन । खासमा ठूलो विजयलक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको श्रीलंकाली टोलीको पहिलो विकेट बुमराहले नै लिएका थिए ।
उनले पहिलो ओभरको पहिलो बलमै श्रीलंकाका ओपनर ब्याट्सम्यान पाथुम निशानकालाई एलबीडब्लूको धरापमा पारेका थिए । त्यसपछि बुमराह एकदिवसीय विश्वकपको ४८ वर्ष लामो इतिहासमा पहिलो ओभरको पहिलो बलमै विकेट लिने पहिलो भारतीय बलर बनेका हुन् ।
यसअघि एकदिवसीय पुरुष विश्वकपको इतिहासमा कुनै पनि भारतीय बलरले यस्तो सफलता हात पार्न सकेका थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण