इरानबाट तीन हजारभन्दा बढी अफगान आप्रवासी स्वदेश फर्किए
काबुल । तालिबान नेतृत्वको अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले तीन हजारभन्दा धेरै अफगान आप्रवासी इरानबाट स्वदेश फर्किएको बताएको अफगानिस्तानस्थित खामा प्रेसले जनाएको छ ।
बिहीबार तालिबान नेतृत्वको मन्त्रालयले सामाजिक सञ्जाल एक्समा अफगान मूल्का करिब तीन हजार छ सय ७६ मानिस जबरजस्ती तथा स्वेच्छाले अफगानिस्तान फर्किएको बताएको छ ।
तीमध्ये तीन सय तीन परिवारलाई पहिचान सहयोगको आवश्यकता परेको थियो र उनीहरूलाई सहयोगका लागि अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) को कार्यालयमा पठाइएको तालिबानले नियुक्त गरेको सीमा क्षेत्र इस्लाम कलाका अधिकारीलाई उद्धृत गर्दै खामा प्रेसले बताएको छ ।
बुधबार तालिबान सरकारले नोभेम्बर १ सम्म चार हजारभन्दा धेरै अफगान आप्रवासीलाई पाकिस्तानबाट जबरजस्ती फर्काइएको बताएको थियो ।
खामाका अनुसार सरकारहरूले शरणार्थी र आप्रवासी जनसङ्ख्याको व्यवस्थापन जारी राखेका कारण यो स्थितिले ती देशमा अफगान आप्रवासीहरूको आगामी चुनौती र कठिनाइहरूलाई देखाउँछ ।
यसैबीच अफगानिस्तानस्थित टोलो न्युजका अनुसार तोर्खम आप्रवासी शिविरका चिकित्सकले आफूले पाकिस्तानबाट फर्किएका करिब दुई हजार बिरामी आप्रवासीको उपचार गरेको बताएका छन् । अफगान आप्रवासीहरूलाई राम्रो उपचार गर्न आफूहरू तयार रहेको चिकित्सकहरूले बताएका छन् ।
खालिद बिन वालिद कोरस्थित सैन्य अस्पतालका प्रमुख सलाहुद्दीन अयुबीले भने, “यहाँ बालबालिका, महिला र पुरुष बिरामी छन्, उनीहरूमा सर्जिकल बिरामी पनि छन्, अधिकांश बिरामीको यहाँ उपचार हुन सक्तैन, हामी उनीहरूलाई केन्द्रमा पठाउने छौँ, अहिलेसम्म हामीले एक हजार एक सय १२ मानिसको उपचार गरेका छौँ र हामी अहिले पनि आफ्ना देशवासीको सेवा गरिरहेका छौँ ।”- (रासस/एएनआई)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण