भूकम्प प्रभावित क्षेत्रमा १९७ जना सशस्त्र प्रहरी परिचालन, मेडिकल टिम सँगसँगै
काठमाडौँ । जाजरकोट र रुकुम पश्चिममा भूकम्प प्रभावितहरूको उद्धारका लागि सशस्त्र प्रहरी परिचालन गरिएको छ । कर्णाली र लुम्बिनी प्रदेशका युनिटहरूबाट १९७ जनालाई परिचालन गरिएको सशस्त्र प्रहरीका सह–प्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए ।
जाजरकोटमा उद्धारको नेतृत्व सशस्त्र प्रहरी बलका डिएसपी विकाश थापाले गरेका छन् । जाजरकोटमा परिचालित गुल्मको टिमलाई सहयोग गर्न नम्बर–३२ गण सुर्खेतबाट सशस्त्र प्रहरी निरीक्षक कवीन्द्र खड्काको कमान्डमा ३५ जनाको टोली परिचालन गरिएको छ ।
नम्बर–६ महेश्वरी बाहिनी सुर्खेतबाट डा। निश्चल घिमिरेको नेतृत्वमा ४ जनाको मेडिकल टिम जाजरकोटमा परिचालन गरिएको छ । दाङस्थित २९ नम्बर गणबाट इन्स्पेक्टरको कमान्डमा २१ जनाको टिम पश्चिम रुकुममा परिचालन गरिएको छ । पूर्वी रुकुम स्थित आश्रित गुल्मबाट ११ जनाको टोलीलाई पश्चिम रुकुममा उद्धारका लागी परिचालन गरिएको सह–प्रवक्ता थापाले जानकारी दिए । बाँके स्थित नम्बर–४२ रिजर्भ गणबाट इन्स्पेक्टरको कमान्डमा २५ जनाको टोली जाजरकोटमा परिचालन गरिएको छ ।
एपिएफ अस्पतालका चिकित्सक (डिएसपी) डा रोशन पराजुलीको कमान्डमा १७ जनाको मेडिकल टिम टिम घटनास्थलमा पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण