जाजरकोट भूकम्पका घाइतेलाई केएमसीमा निःशुल्क उपचार गरिने
काठमाडौँ । जाजरकोट भूकम्पका घाइतेहरूलाई सांसद डा.सुनिल शर्माले काठमाडौँ मेडिकल कलेजमा निःशुल्क उपचारको व्यवस्था मिलाइदिएका छन् । सांसद शर्मा सल्लाहकार रहेको सो मेडिकल कलेजले आज प्रेस विज्ञप्ति जारी गरेर भूकम्पका घाइतेहरूलाई निःशुल्क उपचार गरिने जनाएको हो ।
सांसद शर्माकी छोरीसमेत रहेकी केएमसीकी कार्यकारी अध्यक्ष सोईना शर्माद्वारा जारी विज्ञप्तिमा स्वास्थ्य उपचार सामग्रीसहितको टोली भूकम्प प्रभावित क्षेत्रमा पठाउन पनि तयार रहेको उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य उपचार सामग्रीसहित स्वास्थ्य टोली पठाउनसमेत तयार रहेको जानकारी गराउँछौँ ।’
घाइतेहरूको उपचारमा सहयोग गर्ने उद्देश्यले केएमसीमा निःशुल्क उपचारको व्यवस्था मिलाइएको सांसद शर्माले जानकारी दिए । ‘आपतविपतका बेला सबैले सकेको सहयोग गर्नुपर्छ,’ केएमसीका सल्लाहकार समेत रहेका सांसद शर्माले भने, ‘हाम्रो तर्फबाट पनि सकेको सहयोग गरौँ भनेर घाइतेहरूलाई निःशुल्क
उपचारका लागि व्यवस्था मिलाइदिएका छौँ ।’ जाजरकोटको रामेडाँडा केन्द्रविन्दू बनाएर गएराती ११ः४७ बजे ६।४ म्याग्निच्युडको भूकम्प गएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण