थप जनशक्ति उपलब्ध गराउन चिकित्सक संघ तयार
काठमाडौँ । नेपाल चिकित्सक संघले राज्यलाई आवश्यक परेको अवस्थामा थप चिकित्सकीय जनशक्ति यथाशीघ्र उपलब्ध गराउने गरी तयारी अवस्थामा रहन आफ्ना शाखाहरूलाई निर्देशन दिएको छ ।
थप चिकित्सकीय जनशक्ति यथाशीघ्र उपलब्ध गराउने गरी तयारी अवस्थामा रहन नेपाल चिकित्सक संघ भेरी शाखा, दाङ शाखा, जुम्ला शाखा र सुर्खेत शाखाहरूसँग नियमित सम्पर्क भइरहेको र सोही अनुरूपको व्यवस्था गर्न शाखा कार्यालयहरूलाई परिचालित गरिएको हो ।
कर्णाली प्रदेशको जाजरकोट र रुकुम जिल्लामा शुक्रबार राति गएको भूकम्पबाट ठुलो मानवीय क्षति भएकोमा संघले हार्दिक समवेदना व्यक्त गर्दै सो घटनाबाट घाइते भएका नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । प्राकृतिक विपत्तिका कारण विपत्मा परेका नागरिकहरूको यथाशीघ्र उद्धार गरी घाइते नागरिकहरूको उपचारमा संलग्न हुनका लागि दाङ, सुर्खेत र जुम्ला शाखाका चिकित्सकहरूलाई भूकम्पबाट प्रभावित जिल्लामा खटाई सकिएको जानकारी गराएको छ ।
यस्तो प्राकृतिक विपत्तिको अवस्थामा राज्यको तर्फबाट अविलम्ब राहत तथा र उद्धार कार्यमा प्रभावकारी कदम चाल्न तथा घाइतेहरूको शीघ्र उपचारका लागि सम्पूर्ण व्यवस्था मिलाई उपचार प्रक्रियालाई प्रभावकारी तुल्याउन संघले नेपाल सरकार समक्ष माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण