राष्ट्रपतिको युरोप भ्रमण रद्द गर्न रवीन्द्र मिश्रको आग्रह
शनिबार, १८ कात्तिक २०८०, १२ : ५३

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राष्ट्रपति रामचन्द्र पौडेलको हुन लागेको युरोप भ्रमणलाई रद्द गरी त्यहाँ हुने खर्च रकम भूकम्प पीडितको राहत र उद्धारमा खर्च गर्न आग्रह गरेका छन् ।
कात्तिक २२ गते फ्रान्स जाने तय भएको छ । फ्रान्सको पेरिसमा हुने ‘पीस फोरम’मा सहभागी हुनका लागि उनी त्यता जाने तयारीमा लागेका छन् ।
उपाध्यक्ष मिश्रका अनुसार राप्रपाले संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीको नेतृत्वमा स्वयंसेवकहरूको टोलीलाई भूकम्प गएको क्षेत्रमा खटाएको छ । साथै राप्रपाको महिला संगठनको टोली पनि राहत सामग्री सहित त्यसतर्फ जाने तयारी रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मखनमा ग्याँस विस्फोटबाट आगलागी, मृतक महिला नाङ्लो पसले
-
मोरङमा करेन्ट लागेर दुई महिलाको मृत्यु
-
वीर अस्पताल सुधारका लागि उपाध्यायको संयोजकत्वमा कार्यदल गठन
-
क्रिस्टियानो रोनाल्डोका छोराको अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘डेब्यू’
-
भारत–पाकिस्तान द्वन्द्वबारे साउदी अरेबियामा ट्रम्पले के भने ?
-
न्युजिल्यान्डका माइक हेसन पाकिस्तानी क्रिकेट टोलीको नयाँ प्रमुख प्रशिक्षक