भूकम्प पीडितका लागि तिलाेत्तमा नगरपालिकाद्वारा १० लाख रुपैयाँ सहयोग
शनिबार, १८ कात्तिक २०८०, १६ : १३
बुटवल । गत राति गएको भूकम्पबाट अति प्रभावित जाजरकोट र रुकुम पश्चिममा आवश्यक उद्धार कार्यका लागि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले १० लाख रुपैयाँसहित स्वास्थ्यकर्मी र आवश्यक सामग्री त्यसतर्फ पठाएको छ ।
शनिबार बसेकाे बैठकले भूकम्पले नराम्ररी क्षति पुर्याएको २ जिल्लाका लागि पालिकाको विपद् कोषबाट जाजरकोट र रुकुम पश्चिमलाई ५-५ लाख रुपैयाँ बजेट पठाएको तिलाेत्तमा नगरपालिका मेयर रामकृष्ण खाँणले जानकारी दिए । उनले आफू जान नसके पनि उद्धार कार्यका लागि पालिकाका स्वास्थ्य प्रमुखसहितको टोलीलाई पठाइएको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई व्यापक सहयोगको प्रतिबद्धता
-
आयल निगमका कर्मचारीलाई झट्का, ओभरटाइम भत्ता काटियो
-
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने
-
गृह मन्त्रालयको निर्देशन : सुस्तामा थप सुरक्षाकर्मी परिचालन गर्नू
-
१० बजे १० समाचार : विश्वविद्यालय हाँक्नेहरुको टुंगोदेखि संवैधानिक परिषद्को निर्णयसम्म
-
‘नयाँ क्रियाशील सदस्यता अभियान’ सफल पार्न महिला सङ्घले खटायो प्रतिनिधि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण