शुक्रबार, १९ असार २०८३
ताजा लोकप्रिय
पत्राचार

गृह मन्त्रालयको निर्देशन : सुस्तामा थप सुरक्षाकर्मी परिचालन गर्नू

शुक्रबार, १९ असार २०८३, २२ : ०१
शुक्रबार, १९ असार २०८३

काठमाडौँ । गृह मन्त्रालयले नवलपरासी पश्चिमको सुस्ता क्षेत्रमा थप सुरक्षाकर्मी खटाउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।

शुक्रबार गृह मन्त्रालयकाे सचिवस्तरीय निर्णय अनुसार मन्त्रालयले नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारीलाई त्यसबारे पत्राचार गरेको हो। 

असार १७ मा सुस्ता नेपाल–भारत सीमा स्थित सुस्ताका बासिन्दाले गृहमन्त्री सुधन गुरुङसँग छलफल गरेका थिए । सुस्तामा सशस्त्रको स्थायी बोर्डर आउट पोस्ट छ। 

सुस्ताका बासिन्दाले नागरिकता नपाएको विषय सम्बोधन गर्न नागरिकता पाउन योग्य व्यक्तिहरूको सूचना सङ्कलन गरेर प्रोफाइल तयार गर्न मन्त्रालयले निर्देशन दिएको छ। 

वञ्चित व्यक्तिहरूलाई नागरिकता ऐन र नियमावली अनुसार नागरिकता प्रदान गर्न र नागरिकता प्रदान गर्न नसकिने देखिएमा कारणसहित नीतिगत पहलका लागी मन्त्रालयमा लेखेर पठाउन भनिएको छ।

gg

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप